नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको कार्यवाहकको अध्यक्षको जिम्मा शिव बास्तोलालाई दिएकी छिन् । श्रेष्ठले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीकै वरिष्ठ नेता रहेका बास्तोलालाई अध्यक्षको जिम्मा दिएकी हुन् ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.४४ अंकले घटेको छ । गत बिहीबारको तुलनामा शून्य दशमलव ६१ प्रतिशतले घटेपछि नेप्से २९ सय ६४ दशमलव २० विन्दुमा ओर्लिएको छ ।
एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन् ।