[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 १५० देशमा गोर्खाली चिहान
[VIEWED 4216 TIMES]
SAVE! for ease of future access.
Posted on 05-30-14 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१५० देशमा गोर्खाली चिहान

30 May 2014 | 10:42am
नागरिक

पोखरा– विश्वका कति देशमा गोर्खाली पुगे होलान्? २/४ दर्जन वा त्योभन्दा केही बढी? पत्रकार मनोज घर्तीमगरको खोजले भन्छ, ‘१ सय ५० देशमा पक्कै पुगे।' ‘किनभने १५० वटा देशमा त गोर्खालीको चिहानै भेटिन्छ,' उनी भन्छन्। बेलायती सेनामा भर्ती भएका नेपालीको यस्ता रोचक प्रसंग समेटेर घर्तीमगरले तयार पारेको पुस्तक ‘भर्तीको फन्दा'मा गोर्खालीका गाथाव्यथा सँगसँगै नौला तथ्य उद्घाटित छन्।
उनको जन्मदिनको अवसर पारेर बिहीबार पोखरामा जक्सन डट कमले आयोजना गरेको किताब लोकार्पण तथा परिचर्चा कार्यक्रममा पुस्तकमा समेटिएका त्यस्ता रोचक प्रसंगहरुमाथि चर्चा गरियो। ‘विदेशीले लेखिदिएको हाम्रै इतिहास हामीले पढ्यौं,' कवि तीर्थ श्रेष्ठले भने, ‘अब हाम्रो इतिहास हामी आफैंले लेख्नुपर्छ। त्यसको सुरुवात मनोजले गरेका छन्।' 
कुटनीतिक भेषमा बसेर जासुसी गरेकाहरुको रिपोर्टका आधारमा नेपाल र गोर्खालीको इतिहास तयार भएकाले त्यो सत्य बन्न नसकेको समीक्षक गनेस पौडेलले बताए। ‘मनोजले त्यस्तो इतिहासको पुनर्लेखन सुरु गरेका छन्,' उनले भने। पौडेलले १० वर्षसम्मका दूधे बालक गोर्खालीलाई ब्रिटिसले भर्तीमा लिएर शोषण गरेको लगायत तथ्य उजागर गर्न पुस्तक सफल रहेको टिप्पणी गरे। अर्का समीक्षक दीपेन्द्र श्रेष्ठले ब्रिटिसले गोर्खालीको जिउलाई भन्दा राइफल र बन्दुकको सुरक्षालाई महत्व दिने गरेको लगायत प्रशंगबाट नेपालीमाथिको शोषण र विभेद पुस्तकले मर्मस्पर्शी तरिकाले समेटेको बताए। उनले भने, ‘ब्रिटिसको सकुनी चाललाई मनोजले पत्रपत्र केलाएर पस्केका छन्।' 
बिहीबार पुस्तकको खेलाडी त्रय सिपोरा गुरुङ, मञ्जु गुरुङ, टहलसिंह थापा, सञ्चारकर्मी सरस्वती गुरुङ, गायिका सीता बराल, संरक्षणकर्मी कृष्णमणि बराल, युवा उद्यमीद्वय वैभव पौडेल तथा मनोज गुरुङ र पत्रकार केशवशरण लामिछानेले लोकार्पण गरेका थिए। भर्तीको फन्दा घर्तीमगरको पहिलो पुस्तक हो। पोखरामा भन्दा अघि यसको हङकङमा परिचर्चा तथा लोकार्पण गरिएको थियो।
- See more at: http://www.nagariknews.com/entertainment/other/story/18832#sthash.KjbgyLG9.dpuf

 
Posted on 05-30-14 10:05 AM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bharti should be completely abolished now !!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Biden formally Stands Down!!!
Nepali Psycho
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters