I am 25 and at this point most of my friends are married and have their kids. But I don't want that.
I have yet to see how the world works. I have yet to support my family.
बाबाआमाको रिन तिरीदिन छ। उहाँहरुलाई कति खुसी दिन छ।
But peer pressure हुन्छ नि। सँगै SLC दिएको साथीहरु सबैको घर बसिसक्यो आफ्नो भने एउटा stable job पनि छैन।
दिक्क लाग्छ।
अनि यो कुरा share गर्यो भने ""तिमी पनि बिहे गर न त"" भन्छन्। ""तिमी त केटीमान्छे। तिमीलाई त अझ सजिलो छ।"" भन्छन्। झन् दिक्क लाग्छ।
Husband भनेको rehabilitation center हो र?
""कोहि केटीले जिन्दगीमा केहि गर्न सकेन भने बिहे गरेर parasite जस्तो भएर पनि बाँच्न पाउछ"" जस्तो गर्छन्। हाम्रो आफ्नो चाहिँ pride हुन्न र? आत्मसम्मान भन्ने कुरा हुन्न र? किन यति सस्तो सोचेको?
Relatives हरु बिहेको कुरा लिएर आउँछन्।
यार भर्खरै त २५ भएँ। अहिल्यै बिहेको कुरा गर्न जरुरी छ र?
म बिहे गर्न नै चाहँदिन खासमा। कहिल्यैपनि।
तर म बाबाआमालाई बोझ हुन्छु रे बिहे गरिँन भने।
म आफै कमाएर बाबाआमा पाल्छु भन्दा म किन बोझ हुने?
जन्मे देखि सबैकुरा दिनुभएको छ बाबाआमाले। उहाँहरुलाई त्यहि खुसी म जिन्दगीभरि दिन चाहन्छु। तर यसमा म बोझ किन हुन्छु? छोरीको कमाईमा रमाउँदा बाबाआमालाई पाप किन लाग्छ?
जिन्दगी एक्लै कट्दैन भन्छन्। तर बिहे गरेको दुई महिना मै husband को death भएर एक्लै जिन्दगी बिताउनुभएको अजिलाई (हजुरआमालाई) देखेको छु मैले। ति आमैले बिहे गरेर जति बाधा झेल्नुभयो बिहे नगर्नुभएको भए त्यस्तो झेल्नु पर्थेन सायद।
""समाजले के भन्छ?""
यो प्रश्नले सबैको बोलि बन्द गरिदिने रहेछ।
अरे समाज भनेकै हामी होइन र?
हामीले केहि नभन्ने हो भने समाजले के भन्छ र?
तर भनेजस्तो कहाँ सजिलो छ र! सबैको मुख बन्द गर्न कहाँ सकिन्छ र?