[VIEWED 22610
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-03-07 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो घरमा बाबा, आमा, सानु भाई र म थियौ। बाबा सरकारी कार्यालयमा सचिब को ओहोदामा हुनुहुन्थ्यो। घुश खाने र लिने लाई घ्रिणा को रूप ले हेर्नु हुन्थ्यो तेसैले बाबा को साथी हरुको सामु हामिहरु मद्दम बर्गमै गणिन्थ्यौ। बाबा बिश्वोबिध्यलमा स्तनाकोउत्तरलाई पढाउनु पनि हुन्थ्यो। बाबा सर समाज र नातागोता को अगाडि प्रतिष्ठित हुनुहुन्थो र सबैजसो बाबा को आगडि इज्जतिलो ब्यक्तित्यो मै प्रस्तुत हुन्थे।
म घरको जेठि छोरी, पछी भबिष्य मा गएर ईन्जिनियर हुने सपना बोकेर बाह्र कक्षा मा पढ्दै थिए। हेर्दा हेर्दै बाह्र पनि सिधियो नतिजा पनि निश्कियो र पहिलो डिविजन्मानै पास भयँ। साथीहरु सबै बिदेश तिर धमाधम लाग्न थाले अनी आफु लाई पनि बिदेसमानै गएर बाँकी पढाई सिद्द्याउने कौतुहलत मनमा जाग्यो। एकदिन बाबा सँग आफ्नु इक्ष्या प्रकट गँरे। बाबा ले बिरोध जनाउनु भयो र तिमी एकजना केटी मान्छे त्यो अन्जान ठाउँ मा बस्न गाह्रो हुन्छ, फेरी हामी ले देख्न पनि पाउदैनौ, यहाँ पनि राम्रो कलेज हरु छन, पुल्चोक मा अथवा काठमाडौं युनिभर्सिटी मा प्रयास गर भन्नु भयो। आमाले पनि छोरी तिमी एही भयोउ भने मलाई पनि साथी हुन्छ फेरी तिम्रो सन्चो बिसन्चो को खयाल पनि कस्ले गर्छ त्यो बिरानो ठाउमा भन्नु भयो। तर बिदेश जाने धुनमा कसैको कुरा पनि शही लागेन। दुई महिना सम्म लगातार् बाबा लाई त्यही कुरमा जोड दियी रहे, अन्तमा बाबाले हार खाएर मनले नमानी नमानी हुन्छ भन्नु भयो। बाबाको स्विक्रिती पाएपछी मैले धमाधम आफ्नु अमेरिका जाने तयारि सुरु गरे, टोफेल दिये र हेर्दा हेर्दै पसपोर्ट मा भिशा को स्टाम्प पनि लाग्यो र जाने दिन को तयारी पनि भयो। समय धेरैनै छिटो बितिरहेको थियो।
हिंड्ने अघिल्लो रात बाबा मेरो कोठामा तिन् घन्टा बस्नु भयो र मलाई मान, मर्यादा र प्रतिस्ठाको पाठ पढाउनु भयो। उँहा को शब्दहरु ले मलाई एही एहेसास दिलायो कि बाबाको जिन्दगीभर को कमाइ, मेहनत र प्रतिस्ठा भनेको म र मेरो भाई हो, म जेठि छोरी घरको इज्जत हो र कदै कदाचित केही बिग्रियो अथवा महिले बाटो बिराये भने उहाको जिन्दगी भरको मेहनत बेर्थ हुनेछ। उहाको शब्दहरु मेरो कान मा त गुन्झिरहेको थियो तर म एकनाश ले उहाको आँखामा टल्बलिरहेको आशुलाई घोरिएर हेरिरहेको थिए। बाबा भन्दै हुनुहुन्थ्यो छोरी जे जस्तो भएपनी आफ्नु कर्तब्य कहिले नबिर्सिनु र पढाई मा चाँही सदैब ध्यान दिनु, पैसा को गाह्रो पर्यो भने तिमी पिर नगर्नु म घर बेचेर भये पनि तिमीलाई पढाउछु। बाबा को कुर सुनेर मेरो आँखा रशायो र बाबाले आफ्नु आशु झर्लाकी भनेर ल तिमी सुत भोली छिटो उठ्नु पर्छ भनेर कोठाबाट बाहिर निस्किनु भयो र ढोका लगाइदिनु भयो। म लुगा मिलाउदै थिएँ , सात बर्ष को मेरो सनु भाई कोठामा आयो। मैले के भयो बाबु तिमी एती खेर सम्म किन नसुतेको भनेर सोधे उस्ले मेरो सुट्केस मा एक्टक ले हेरिरह्यो र तेसै भन्यो। उ मेरो खाट मा बसेर मिलायेर राखेका सुटकेसका लुगाहरु हेरिरह्यो। म ति लुगाहरु मिलाउनमा बेस्त थिये उ तेही कती खेर निदाएछ थाहै भएन।
भोली पल्ट बिमानस्थल मा बाबा, भाई र साथीहरु बिदायिकोलागी आएका थिए । आमा सँग घर मा नै रातो टिका र माला लगाएर बिदा भयिसकेको थिएँ। बाबा मलाई बारम्बार टिकेट कता राखेको छौ, पास्पोर्ट कता राखेको छौ फेरी हराउला भनेर सोधिरहनु भएको थियो, आँफैमा अल्मलियिरहनु भएको थियो। मैले चिन्तित बाबा लाई सन्तोना दिदै बाबा हजुर डराउनु पर्दैन, म आफ्नु हेर बिचार गर्न सक्छु अब हजुर घर जानुस् भने, साथीहरु सँग बिदा लिये र आफ्नु मातृभूमी सँग पनि बिदा लिएर प्लेनको भर्याङ उक्लिएँ।
प्लेन को लामो यात्रा पछी अमेरिका आयिपुँगे। सानु कलेज भएको ले मेरो इन्टरन्यासनल एड्वाइजर आँफै लिन आउनु भएको थियो। उहाले मलाई मेरो डोर्म मा लगिदिनु भयो, मेरो कोठा देखाइदिनु भयो। मेरो रूम्मेट् फोनमा गफ गरिरहेकी थियी, उस्लाई उ तिम्रो रूम्मेटा ज्यासमिन भनेर चीनाउनु भयो, उसले फोन राखी र मलाई कस्तोभयो सफर भनी, मैले राम्रो भयो मात्रा भने। तेस्पछी मैले एड्वाइजरलाइ मलाई नेपाल फोन गर्नु छ भने उहाले सिकाइदिनु भयो र जानु भयो। मैले ज्यासमिन फेरी फोनमा कुरा गर्न थालि, मैले चारै तिर कोठालाई हेरेँ, आफ्नु कोठा को याद आयो किन हो किन नरमाइलो लाग्यो। तेस्पछी आफ्नु सामान मिलाउनु पर्यो भनेर लागे। मिलाउदै थिए ज्यासमिन ले डिनर खाने बेला भयो भनी, म उस्को पछी लागेर गए। उस्ले मलाई खानाहरु राखेको ठुलो कोठामा लागि र मेरो आज साथी को जन्मदिन छ म जान्छु भनेर हिडि। प्लेन मा केही रुचेन तेसैले भोक पनि लगिरहेको थियो। खानाहरु हजार पारीकार का थिए तर मन केसैमा पनि लागेन, जे हेर्दा पनि सुक्खा लाग्यो र श्रद्धा पनि लागेन, तेस्पची एउटा मा चिकेन लेखेको देखेर आफ्नु प्लेट मा हाले तर सुक्खा न सुक्खा, उसिनेको जस्तो, केही मसला नहालेको, घाटी बाट नै छिरेन। टाढा फल्फुल राखेको देखेँ र एउटा स्याउ बोकेर आफ्नु कोठा तिर लागे। पेट खाली थियो र आमाले पकाएको काउली को तरकारी, जिम्बु झानेको कालो दाल, भात र खादेको मुला को अचार सम्झेर खुब आमा को याद आयो। कोठामा पुगे, कस्तो अनौठो लाग्यो, खाली खाली भित्ता, दुइटा सानु खाट आफ्नु जस्तो पनि नलाग्ने, अस्पातल मा बिरामी कुर्न लागेको जस्तो। भोक लगिरहेको थियो, आमाले मलाई निउरोड को पुषट्कारी मन पर्ने भएर हालिदिनु भएको थियो तेही निकाले र टोक्न थाँले। आमा बाबा र भाई को याद आयो आँखाबाट आशुको धारा बग्नेथाले। घरमा फोन गरे एक्घन्टी मै फोन उठ्यो अनी बाबाले केही नसोचिकन छोरी भन्नु भयो, मैले हजुर भने। उहाहरु मेरो फोन कुरेर तेस्को नजिक एक्डक नचली बसिरहनु भएको रहेछ। बाबाले राम्रै सँग पुग्योउ छोरी भनेर सोध्नु भयो मैले अँ पुगे भने, बाबाको सोर सुनेर मुटुमा गाठो पर्यो र बोल्नै सकिन, बाबा पनि बोल्न सक्नु भएन र आमालाई फोन दिनु भयो, आमा ले छोरी त्यहाँ कती बज्यो भनेर सोध्नु भयो मैले राती को ९ भने अनी खाना खायोउ भन्नु भयो, खाए भने। मेरो छोटो जवाफ ले होला उहालै विश्वाश भएन र फेरी राम्ररी त खायोउ भनेर सोध्नु भयो। मैले खाए भने। आँसुको बलिन्द्र धारा बगिरहेको थियो तैपनी आफुलाई समाली समाली बोलिरहेको थिए। अनी फेरी आमा रुन थालनु हुन्छ भनेर भाई खोइ भनेर सोधे, उँहाले एही छ, केही नगरेर तिम्रो फोन कुरेर कतै हल्लेको पनि छैन फोन को नजिकै बसिरहेको छ। मैले दिदिको फोन आयो भने बोलाउला गएर खेल्दै गर भन्दा पनि नमानेर बसिरहेको छ भन्नु भयो र फोन दिनु भयो। मैले भाई भने, उसले मेरो स्वोर सुन्नेबित्तिकै फुरुङ भएरए एक्कैसासमा दिदी हजुर कहिले आउने भनेर सोध्यो, उस्को त्यो प्रश्नले म स्तब्ब्द भए, अनी चिसो मन ले आयीहल्छु नि तिमी राम्रो सँग पढ अनी बाबा र आमा को हेर बिचार राम्रो सँग गर है भने र उस्को जवाफ नै नसुनी कन फोन राखिदिए।
त्यो रात मेरो आँखा बाट आशु को भेल बग्न छोडेनन। आफु कती स्वर्थी भएको अनुभव भयो। कती सरल र सहज तरिकाले म आफ्नु कर्तब्य बाट पंक्षिएर त्यो सानु सात बर्ष को भाईलाई बाबा आमाको हेर बिचार गर भने, आमा ले रात दिन हामीलाई के मन पर्छ, के खान रुचाउछन भनेर हेर्दा हेर्दा आफ्नु रुची नै बिर्सी सक्नु भएको थियो र आज मलाई छोरी तिमी मेरै नजिक बस मलाई साथी हुन्छ भन्दा उहाको कुरालाई एक्पल्ट पनि दोहरएर सोचिन। कस्तो रहेछ यो बिदेसिने महत्तोकाङ्क्षा बाबा को इस्नेह भरिएको शब्दहरुको मतलब नहुने, आमको खाना को मिठास छोड्न सक्ने, त्यो सानु भाई को निस्वार्थ प्रेम र मिठो बोली छोड्न सक्ने, साथी भाई नातागोता घर आगन छोडेर यो अर्काको मुलुक लाई आफ्नु भबिस्सेको धरोहर देख्ने। त्यो रात म निदाउन सकिन र त्यो ठुलो महत्तोकाङ्क्षा आफ्नु भूमिका खोजिरहे।
Last edited: 03-Nov-07 01:32 PM
Last edited: 03-Nov-07 01:37 PM
|
|
|
|
gahugoro
Please log in to subscribe to gahugoro's postings.
Posted on 11-03-07 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
emotional story.
Yea, it's somewhat being ambitious and selfish; hope we won't forget where we come from and where we belong.
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 11-03-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika jyu,
It is infact a very emotional story and so true...मनै छोयो, awesome job... फेरी लेख्दै गर्नुस्
ka.le.jo
|
|
|
ALSON Nepal
Please log in to subscribe to ALSON Nepal's postings.
Posted on 11-03-07 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipika ji, at least we get refreshment from those ' girl -boy' love stories scattered in sajha. An unconditional love explosion! Thanks
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 11-04-07 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good work, keep it up Dipika..
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-04-07 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
gahugoro ji---Thank you for your comment, yes we shouldn't forget where we belong, I hope i was able to portrait the feelings clearly.
kalejo ji--It is really nice to know that u found my story true, thank you!!!
ALSON Nepal ji---my real intention was to expose the love that exists in family, I hope I was able to do so, thank you for your comment!!!!
urfrenrites ---thank you for your encouragement. I really appreciate that. Thanks again!!!!
|
|
|
wow.nepal
Please log in to subscribe to wow.nepal's postings.
Posted on 11-04-07 7:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिका जि, सार्है मार्मिक अनी मनै छोयो भनेको, बास्तबिकता पनि येहि छ नि, हैन त! I'm so touched with your story, wow! what an emotional and touching writting. It took me five years back in my past, and I stayed almost for a while there after reading your story. My co-worker came and brought me back to present because he needed my help. Please keep on writting, waiting for some more! great job! Thanks for sharing with us.
wow.nepal
|
|
|
sabaiko satru
Please log in to subscribe to sabaiko satru's postings.
Posted on 11-04-07 9:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I feel the same. When i read the article, tears rolled from my eyes. Thanx a lot for your article.
|
|
|
PunteDamai
Please log in to subscribe to PunteDamai's postings.
Posted on 11-05-07 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very touching Dipika Ji. It is the reality most of us Nepali face when we leave our loved ones back home with a little knowledge of what is gonna happen abroad. We are so eager to leave Nepal at the time that we don't even realize and care about the harsh reality of being alone and missing the ones we love the most.
Keep up the good work.
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 11-05-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिपिकाजी,
हजुरको आफ्नै कहानी जस्तो लाग्यो, पढिसक्दा त रोउ रोऊ जस्तो - तर नि केहि पाउन केहि त गुमाउनै पर्यो नि हैन र ? धन्यवाद है पढ्ने मौका दिनु भएकोमा :)
|
|
|
Solitude
Please log in to subscribe to Solitude's postings.
Posted on 11-05-07 9:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dipikaji!! I can't find any words to appreciate your writings, simply awsome. The only thing I can say is I couldn't read the whole feelings at once. I have to divert my mind somewhere else after reading every line just to stop tears falling. I duely respect your feelings and want to salute you and wish all the very best for the prosperity of you and ur lovely family. God Bless U.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-05-07 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Heart touching story Dipika jyu.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-05-07 10:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा होइन ब्यथा हो यो, दीपिका जी। केही पाउन केही गुमाउनु नै पर्ने प्राक्रितिक नियम हो। बाबा आमाको आशु न बिर्सनु होला, आफ्नो मान मर्यादालाई न भुल्नु होला। जिन्दगी यो भन्दा पनि रंगिन छ, जिउन जाने।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-05-07 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
www.Nepal ji, sabaiko satru ji,PunteDamai ji, miss me ji,solitude ji,uptowngal ji and rahulvai ji Thanks all for your feedback, I am sorry the story is too emotional but somebody faced that, life is chain of sorrow and joy, I agree with you all केही पाउन केही गुमौनु पर्छ, यती होस् कि त्यो प्राप्तिको लागि झरेका आँशु खेर नजावोश. I Hope you all enjoyed reading this story. Dipika
Last edited: 05-Nov-07 11:54 AM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 11-05-07 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम्रो छ। अरु पनि जाओस प्रस्तुतीहरु।
जिन्दगी यात्रा नै त हो -- सबै यात्रु छन यहाँ, सधै सँगै एउटै बाटोमा चाहे पनि हिन्न सकिन्न। बिछोड त निश्चित छ। अब स्वार्थ पनि नैसर्गिक हो। आजको यही स्वार्थ भोली बाबा आमा अनि भाईको लागि गौरबको मार्गदर्शक हुन सक्छ र होस पनि।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 11-05-07 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deep ji---Thanks for your comment, I read your each and every articles. Bange is my fav. character. it is simply the best. rahulvaiji---I love reading your story about Anuradha thanks for sharing. Dipika
|
|
|
paban
Please log in to subscribe to paban's postings.
Posted on 11-05-07 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thanks dipika ji, mero ta aasu nai aaya bhana.
Mali pani aafu swarthi jasto feel bhayo tera k garni, nepal huda bedesh paro bedesh huda nepal paro.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 11-05-07 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
It's really Heart touching story. Good work, keep it up, thanks
|
|
|
kishnekale
Please log in to subscribe to kishnekale's postings.
Posted on 11-05-07 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Respecting the vibe here i have one thing to....
well i was amazed by the care and love which Deepika had from her parents....so Deepika should be fine at this moment too but at times nostalgia hunts everyone down....
ma jasto kalelai pani tyastai huncha tara aafno bhane na pustakari na call na care kehi wastai chaina...
astiko palo bauko mukh herne din bihanai uthne bittikai call gareko ta tyahi rati baule biha gareko sapanama dekhchu baa....kasto aapat.....chorolai kaha maya garnu...yaspali ta khojdine hola bhaneko ta ultai hunnn...
|
|
|
atit
Please log in to subscribe to atit's postings.
Posted on 11-05-07 6:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Very emotional. most of us coming abroad have gone through similar circumstances, but only few can write with such a golden touch. I enjoyed it a lot. Didn't cry, although I was almost there.
Well its true, we are selfish to turn down the unconditional love we get from our family. But what is most important is our determination to give back the best to them and we should not divulge from this.
and Thanks for Sharing. :)
|
|