[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 किचकन्या को कथा !!!!!!!!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 49131 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-25-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किचकन्या को कथा

भाग २


किचकन्या, कींबदन्ति र कहावतहरु बारे मैले धेरै अगाडि लेखि सकेको छु। काठमाडौंका तान्त्रिक राजा प्रताप मल्ल र किचकन्याको कथा कींवदन्ति हो कि रानिपोखरी साक्षी हो अनुसंधान कै बिषय हुन सक्छ। किचकन्याको मूर्ति र पूजा बारे पनि लेखिसकेको छु। पढ्नुस् भाग १। http://www.sajha.com/guild/viewuser.cfm?username=rahulvai&guildid=595

 

*********************************************************************************
त्यसो त किचकन्याहरुको कथा ब्यथा धेरै सुन्नमा पाइन्छ। कति सत्य हुन् कति मिथक्  लेखाजोखा छैन। काठमाडौं को टेकु भंसार्, नरदेबी ताम्सिपाखा, जयबागेश्वरी-सिफल आदि ठाउँमा किचकन्या देखिएको भेटिएको कथाहरु सुनेको छु। तर आज यहाँ प्रामाणिक कथा भन्ने जमर्को गर्दै छु।

 

कथा १


नेवारहरुको दोस्रो ठुलो चाड, पहाँ चहरे ( पिचास् चतुर्दशि) अर्थात् घोडेजात्राको अघिल्लो दिन लाई मानिन्छ। बौद्ध र हिन्दु धर्मालम्बीहरुले निकै महत्वका साथ बैद्धिक बिधिपूर्बक यो चाड मनाउछन्।
हाम्रो टोलमा अझ भनुं हाम्रो चोकमा एक पीठको मन्दिर छ। पीठहरु शक्ति रुपी देबीको स्थल मानिन्छन्।  पहाँचह्रेको दिन त्यो पीठको बिषेश पूजा आजा गरी टोलका सबै दाजुभाइ मिली भोज खाने चलन अद्यापि छदै छ।  त्यो बिषेश पूजामा मन्दिरको छानो देखि खम्बाहरु  अनि मूर्तिहरु समेत् सुनको जलप भएको धातुको राख्ने गरिन्छ। उक्त सुनको सामाग्री कसले किन राखे भन्ने जिज्ञासा म मा सानै देखि थियो नै। पढ्ने लेख्न जान्ने भए पाछि मैले सुनको मन्दिरमा कोरिएको स्वर्णपत्र ( शिलापत्र, ताम्र पत्र भने जस्तै) पढ्ने कोशिश गरें। रन्जना लिपिमा लेखिएको भएकोले पढ्न मुश्किल भयो र पढ्न सकिएन।  कालन्तरमा अस्कल पढ्दा नेपाल भाषाको हावा पनि लाग्यो र रन्जना लिपि सिक्ने क्लास पनि लिएं। रन्जना लिपि पढ्न सक्ने भएसि फेरि त्यो स्वर्ण पत्र पढें।

 

त्यसमा लेखिएको रहेछ'" फलानो फलानो मितिमा म फलानोलाई गुथिबाट घर फर्कदैं गर्दा एक जना किचकन्याले पछ्याएको र ज्यान जोगाउन भाग्दा यस मन्दिरको शरणमा आएं र देबी माताले दुष्टबाट बचाइदिएको हुनाले स्वर्णमुलम्मा लगाइएको मन्दिर् चढाएं। "


पीठहरु को शक्ती ब्यास भित्र किचकन्याको प्रबेश संभव हुंदैन रे। मन्दिर् भएको चोकको प्रबेशद्वार भन्दा भित्र किचकन्या, भूत प्रेत पिचास आउदैन रे । सुनेको कथा अनुसार, उक्त किचकन्या पीडित पुर्खाले मन्दिरमा घोप्टो परि माता रक्षा गर भने पछि त्यहि दैलोबाट चोर् औला ठड्याएर तलाई पख भन्दै फर्किन् रे।

 


कथा २

यो कथा आज भन्दा ४२-४३ साल अघि को हो। २०२२-२३ साल तिरको हो। त्यति बेला अझ भनुं २०४०-४२ साल सम्मन् पनि गाइजात्रा पर्बको उपलक्षमा टोल टोलमा दबु प्याखं: ( नाटक) देखाइने गरिन्थ्यो। टोल को सार्बजनिक ठाउंमा मंच बनाएर ओर्केस्ट्रा सहितको नाटक ( एक हिसाबले फिलिम) देखाइन्थ्यो। प्राय जसो ती दबू प्याखं: हरु रातको ९-१० बजे तिर् सुरु भै १२ -१ बजे सकिन्थ्यो। हाम्रो टोलका एक बुज्रुक, त्यतिबेला १९-२० बर्षको लक्का तथा पक्का जवान हुनुहुन्थ्यो-प्रेम् दाई।

 

मनोरंजनको कुनै अन्य साधन नभएकोले त्यतिबेलाका युबाहरु आफ्नो टोल बाहेक अन्यत्र पनि प्याखं हेर्न जाने गर्थे। प्रेम दाइ पनि एक दिन जैसि देवलमा देखाउदै गरेको दबू प्याखं: हेर्न गएका थिए। फिल्म सकिंदा रातको २ बजे छ। फिल्म हेर्न जानु को संग संगै साइड बिजनेस् हुने गर्थ्यो, झ्याल , बार्दली का शोभाहरु। अर्थात् राम्री कन्याहरुको खोजी गर्ने नयनहरु साथ लिएर जान्थे नै। एुटा झ्यालमा आँखा जुधाउने ख्याल गर्दा गर्दै प्याखं: हेर्न आएकाहरुको भीड सुन्य भैसकेको थियो। घर जानु पर्‍यो भन्दै त्यहाबाट हतार हतार् पाइला बढाए। 

 

सुनसान् बाटोमा कुकुर् भुकेको आवाज मात्र सुनिन्थ्यो। प्रेम दाईको मन मा अनायसै चिसो परेछ, अलिकति डरले डेरा जमाएछ र झन् छिटो छिटो हिड्न थाले छ। चिकमुगल पुग्दा न पुग्दै एक् जना सुन्दरीले बोलाए जस्तो लाग्यो। पछडिफर्केर हेर्न पनि डरले सकेन प्रेम दाइ ले। फेरि बोलाएको स्पष्ट आवाज सुने पछि पछाडि हेर्दा एुटी अत्यन्तै सुन्दरी कन्या थी। राती हिड्न डर लागेकोले नर देबी सम्म पुर्‍याइदिन आग्रह गरिन। तर डरले काँपिरहेको प्रेम् दाइले त्यहाँसम्म त जाने होइन, गणेशस्थान सम्म भए संगै अौ भन्नुभए छ। र संग संगै १००-२०० गज जति के हिडेको थ्यो, प्रेम दाइ को नजर सुन्दरीको कुर्कुच्चा गएर ठोक्किए छ। नभन्दै कुर्कुच्चा पछाडी फर्किएको थियो। होस् गुमे पनि जोश गुम्न दिएन प्रेम दाइले।

 

हाम्रो चोक मरुको डबली बाट मुश्किलले २०० गजको थियो। उहाँले पनि त्यहि पीठको सुनको छानो को कथा सुन्नु भएको रहेछ र देबीले रक्षा गर्छे भन्दै एक सास्ले त्यहाँबाट कार्ल लुइस् को स्पीडमा सुइकुच्चा ठोके छ। किचकन्या पनि के कम, हातमा आएको शिकार फुत्किने भयो भन्दै प्रेमदाईलाइ लखेट्दै अै। पीठ भएको चोकको दैलोमा पुग्दा किचकन्याले डाइभ मारी समाउन खोजी र हातले प्रेम दाईको कुर्कुच्चा भेट्टाई।

 


तर प्रेम दाइ सकुशल त्यो लक्ष्मण रेखा पार गरी सुरक्षित स्थानमा पुग्नु भयो र ज्यान जोगाइ दिएकोमा देबीमाता प्रति अभारि हुनु भयो। तर कुर्कुच्चा चाहिँ गयो।
यो घट्नाले मंसिर मा बिहे हुने कार्यक्रम रोकियो। कुर्कुच्चाको घाउ बन्न समय लाग्यो र एक बर्ष पछि मात्र उहाँको बिहे भयो। प्रेम दाई अहिले पनि सक्रिय जीवन जीरहनु भएको छ। अझै ब्यापारमा अपार गर्दै हुनुहुन्छ। आफै गाडि चलाउन हुन्छ। नाति नातिनिहरु भैसके। अझै पनि प्रेम् दाइले गर्मि मा स्यान्डल लगाउदा नि मोजा लगाउने गर्नु हुन्छ। घायल कुर्कुच्चाको अबशेष अझै बाकी छ।

Last edited: 25-Jul-08 07:04 PM

 
Posted on 07-25-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाsssss यि राहुलदाईले किचकन्या कथा नै लेख्न भ्याइसइचन! लौ न अब राती राती कसरी हिड्ने होला ? कस्तो डर लाइरइच्च का ।

( तर मलाई यस्ता कुराहरु केबल समाजमा  आडम्बर, अन्धविस्वास र  कुप्रथा निम्त्याउने  कारकको रुपमा मात्रै सृजना भएका  हुन जस्तो लाग्छ) 

जेहोस,

  किचकन्या भन्ने शब्द  'प्रेतआत्मा' संग संबन्धित तर मानबजातीको लागि बिध्वंसात्मक   तत्व रहेछ। जानकारी गराइ दिनु भएकोमा धन्यवाद राहुलदाई      


 
Posted on 07-25-08 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदमै रोजक सामाग्री राइछ ठुल्दाइ
अब विश्वाश गरु भने कसरी गरु नगरि भने पनि कसरी नगरु - तेसतै हुने भ्नया।

काठमाडौंको मठ मन्दिर बारे छोटो मिठो जानकारी भएको लेख पहिले ठुल्दाइ ले लेखुनु हुन्थ्यो
बिच्मा आएर बन्द गर्नु भयो - तेस्लाई फेरी निरन्त्रता दिने बारे के बिचार छ - हामीले पनि
बुज्न र जान्ने मौका पाउथे कि ।

 
Posted on 07-25-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सुनियो, गुनियो। एस्तो कसरी हुन्छ होला भनेर झोक्राइयो। शायद एस्तो होला। जे जे कुरा हामी बिज्ञान को माध्यमले बुझ्न सक्छम, त्यो सामान्य हुदो हो। कती कुरा मानवको दिमागले अझै पत्ता लगाइ सकेको छैन होला, त्यस्तो फेनोमेनन लाई हामी बोक्सी, किच्कन्या, देउता, भुत आदी इत्यादी भनेर बस्ता हुम। मानव बिकासको सुरु तिर मान्छे सुर्य र चन्द्र लाई पनि देवता नै भन्थे, त्यसरी आकासमा बसेर हामीलाई चाहिने कुरा दिरहेका। बाढि पहिरो जादा वा भुकम्प आउँदा कि त देउता रिसायो भन्थे, कि त भुत प्रेत लाग्यो भन्थे। हुन त अहिले पनि छ त्यस्तो कुरा, तै पनि हामी बिज्ञानको शहायताले किन पैरो गयो भन्ने बुझ्छम र सजिलै पचाउछम् नि। तर यो प्रेम दाई को कुर्कुच्चो साच्चिकै किच्कन्नेले लगेकी हुन त? पचाउन गाह्रो! तेही भर हाम्रो बिज्ञन ले यो कुरा चाँही बुझ्न बाँकी होला भन्छु म चाँही।   
 
Posted on 07-25-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ssssबुइ डर लाग्यो !
 
Posted on 07-25-08 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ , एक चोटि त्यो थापाथलीको पूल तल राती १२ बजे पछी किच कन्या आउछ रे भन्ने ब्यापक हल्ला चलेको थियो काठमन्डौ मा , मेरा केही साथी हरु गएका थिए हेर्न तर केही नदेखी फर्के , म चै गयिन ।।
 
Posted on 07-25-08 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभजी,

अम्रिका मा डराउनु पर्दैन किचकन्या ले पछ्याउला भनेर।  यहाँ त किचकाले र किचकाली बाट मात्र बच्नु पर्छ।

लहरेजी,

विश्वाश नगरौं कसरी ? म आँफैलाई प्रश्न गर्छु। बिज्ञान को युगमा बिज्ञान को विद्यार्थीलाई गाह्रो हुने हुन्छ। तै पनि बिकशित देशमा बिद्वानहरु किन बोक्सी बिद्या सिक्न नेपाल आउँदैछन सोचनिय कुरा छ।

सुर न ताल जी ,

हो तपाईं ले भने जस्ताइ बिज्ञानको ज्ञानले यो असंभव नै छ। तर प्रेम दाई जिउदै छन। उनको कुर्कुच्चा अझै उस्तै छ। त्यो स्वर्ण पत्र जो कोइले पनि पढ्न सक्छ। रानी पोखरिमा अझै पानी छ। प्रेम दाई ले आफ्नो ज्यानऐ खतरा मा परेको घट्ना लाई झूठ को खेती किन गर्थे, अहिले जस्तो मेडिया को जमाना भए अर्कै कुरा। बिहे पनि त्यही कुर्कुच्चा काण्डले गर्दा नै १ बर्षा सरेको पनि ठीक सांचो हो। यो कुरा आफ्नै पिताजीको मुखबाट सुनेको हुं।

रिट्ठे जी,

डराउनु पर्दैन, अचेल किचकन्याहरु सबै बुढी भाईसके रे। पट्ठो रिट्ठे माथि गिद्दे नजर लगाउदैनन।

हर्कबहादुर जी,

हो थापाथली पूल भात्किंदा २०४५-४६ साल तिरको कुरो। प्रशुती गृह को छेउ हुंदै आस्थायी पूल बाट मात्रा हल्का सवारि साधन चल्दा त्यो काठे पूल निर किचकन्ने आतंक ३-४ महिना नै चल्यो। त्यसको बारे पनि भाग १ मा थियो। अहिले सान दाइको प्राबिधिक कारनले खुल्दैन त्यो पेज। बने छ भने हेर्नु होला।


 

 


 
Posted on 07-25-08 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिठ्ठे डराएको? एक दुइचोटि भेटी सकेको हो कि क्याहो?
ठुल्दाइले पनि अब ४० बर्ष पहिलाको काहानी सुनाएर हुन्छ त, अस्ती भर्खर यही अम्रिकामा किच्कन्ने भेटिएको भने पो बल्ल मान्छे डराउछन
 
Posted on 07-27-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे!

अब स्वयं प्रेमदाईले भोगेको कुरा सुनाउनुभएछ उनलाई परेकै हो।

यस्ता कुराहरुमा दुईमन हुनन्छन् प्राय: -

१) पत्यार नलाग्ने र मनमा कयौँ प्रश्नहरु जन्मने, जस्तै, मन्दीर नजिक पुगेर नै कुरकुच्चा लुछ्नु थियो किचकन्नीलाई त जैसिदेवल देखि मरु सम्म आइपुग्दा किन केहि गरिनन् होला?

२) प्रेमदाईको ठाउँमा आफू भएकलो भए पत्यार नलागे पनि सातो जान्थ्यो होला शायद्!

जे होस, किंवदन्ती र पूजाको चलन बारेमा पनि जानकारी पाइयो!

 


 
Posted on 07-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul ji, ekdamai interesting.. yasto aajkal kahan sunna paaincha ra.. aru pani bhaye sunna paaiyos..
 
Posted on 07-27-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul ji, ekdamai interesting.. yasto aajkal kahan sunna paaincha ra.. aru pani bhaye sunna paaiyos..
 
Posted on 07-27-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul ji, ekdamai interesting.. yasto aajkal kahan sunna paaincha ra.. aru pani bhaye sunna paaiyos..
 
Posted on 08-01-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलसर किच्कन्निले डाइभ दे को..धन्न प्रेमदाई बच्नु भये छ.  

तेइ त नि है कती सुनिन्थ्यो यस्तो ...यहाँ त हुँदैन होला नि कहिले राती कहिले बिहानै हिंड्नु पर्छ सुनसान बाटो...


 
Posted on 08-01-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo Pratap Malla ko story, I also heard from my grandmother. she also said she saw MURKATTA riding a horse at midnight.

what about BOKSI? any clue? are there real boksis?


 
Posted on 08-01-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yoh Rahul vai tah pura pure Nepali mah lekkhnah khaapiis rahecha....Great....keep it up...

it is nice posting
 
Posted on 08-01-08 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिप्पणी कर्ता सबै महानुभावहरुमा धन्यवाद।

किचकन्ने, बोक्सी , मुर्कट्टा, भूत, ख्याक, लाखे लसीं का कथा कींवदन्तीहरु धेरै धेरै छन। एक पछी अर्को युग हुँदै सदियौं देखी सुनाउदै आएका छौं। विश्वाश को कुरा हो, विश्वाश गरे तिनको केही न केही कही न कही अस्तित्व छन, नगरे छैन।
किचकन्ने को मूर्ती हुनु ( मरुटोलमा), सुनको खाँबो लेखिएको आलेख हुनु अनी प्रेम दाई अहिले सम्म जिउदो हुनु ले किचकन्ने को उपस्थिती लाई म चाँही विश्वाश गर्छु। अरु लाई गर भन्दिन। म त्यही टोल मा बस्छु, त्यही मन्दिर छेउ मा बस्छु, हर साल पहाँ: चहरे मा त्यो सुनको खाँबो देख्छु, हरेक चाडपर्बमा प्रेमा दाई संगै भोज भतेर मा हुन्छु।
 
आम मान्छे भन्दा शक्तिशाली केही  हुन्छन, सत्य र उज्यालो को प्रतिकमा तान्त्रिक र द्यो: माँ हरु हुन्छन भने दुष्ट र अध्यारोको प्रतिनिधि बोक्सीहरु। पश्चिमे समाजमा पनि यस्ता धारणाहरु जताततै पाईन्छन। इभिल, गड एण्जल आदी इत्यादी। बोक्सीको अस्तित्व र बोक्सीबिद्या बारे वास्तबिकता भन्दा बढी हल्ला हुनु स्वाभाबिक हो। हामी अलिकती पढ्छौ र बिज्ञानको कुरा गर्छौं अनी यस्ता सैतान र दैबी कुरा लाई मिथ्या भन्छौ। जब खैरे ले बोक्सी बिद्या सिके र सिक्दै छन, तब पत्याउछौ। हाम्रो मानसिकता को दिवालिपन जताततै उजागर भै रहंदा हामी गर्ब गरी रहेका हुन्छौं।

  


 
Posted on 08-01-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very interesting...........katha haru ajai pugena.......thapna paryo aru lekhak jyu
 
Posted on 08-01-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो थापाथलीको किच्कन्याको मैले सुनेको कथा चाँही यस्तो थियो।

त्यस्तै ४५-४६ सालतिरको कुरा हो। जाउलाखेलका हरि बहादुर दाइ आफ्नो रातिको डयुटी सिद्याएर घर फर्किदै रेछन। त्यो सिंह दरबार अगाडिको शहिद गेट पट्टिको त्यो बिना खोलाको पुल (नेसनल ट्रेडिङ माथिको) बाट आफ्नो साइकलाँ बिस्तारै आउँदै रेछन। अनी त्यो बिना खोलाको पुलमा एउटी आइमाई एउटा दुधे बालकलाई दुध खुवाउदै बदम भुट्दै रेछिन रे। असाध्य राम्री त्यो आईमाईलाई देखेर  हरि दाईको मन भाँडिएछ र गफ हान्न पर्‍यो यसलाई भनेर नजिकै गएछन। तर यती राती हुँदो बदम बेच्न त कोइ नी बस्दैन, बुढाको मनमा चीसो पसेछ, र  
"ए दिदी, यती राती तिमी यहाँ के गरी रा हँ?" भनेर सोधेछन।
त्यो आइमाईले, "बदम बेचिरा', देखेनौ?" भनेर झर्केर भनिछे।
अनि हरि दाइले पनि हौसिंदै
"खै एक मानो मलै नि हाल न त" भनेर मागेछन् नजिकै गएर।
अनि त्यो आइमाईले त्यो तात्तातो हाँडि नाङै हातले समातेर बदम खन्याएर भनिछे, "ला नी भे, यो सप्पै लैजाऊ।"
त्यहि बेला हरि दाइले त्यसको हात देखेछन्। हात त भुत्लै भुत्ला भ'को या लामो लामो नङ्ग्रा गर्‍या रेछ रे।हरि दाइले अनि त्यसलाई नियालेर हेरेको त कुर्कुच्चा नि पछिल्तिर फर्केको अनि पेट पनि सारङ्गी जस्तै खोक्रो रे छ् रे।
हरि दाइको पालो त्याँ बाट गोलीको बेगमा तुफान भागेर एकै पल्ट सिंहदर्बार अगाडि आइपुगेछन्। र माईतिघर तिर आउनै लाग्दा एउटा रिक्सा पनि तेतै जादै रे छ। अनि हतपत्त रिक्सा चड्दै त्यसलाई कुपन्डोल जान भनेछन्। जाँदै गर्दा थापाथलीको पुल आइपुग्नै लाग्दा हरि दाइले त्यो रिक्सावालालाई, "हेर दाइ, अघि मैले त्याँ सिंहदर्बार अगाडी एउडि किच्कन्या देखेको, अनुहार हेर्दा बिछ्ट्ट राम्री थी, तर मैले त्यसको पेट र कुर्कुच्चा हेरेर थाह पाएँ अनि टाप ठोकेर आ' को त्याँ बाट", भनेर अघिको घटना सुनाएछन्। त्यो रिक्सावालाले पछाडि फर्केर मुसुक्क हाँस्दै हात देखाउँदै भन्यो रे, "त्यसको हात चाहिँ यस्तै थियो होला हैन?"
हरि दाइले हात हेरेको त त्यै किच्कन्याकै जस्तो भुत्लै भुत्ला भ'को लामो लामो नङ्ग्रा गर्या र'छ रे। अनि हेर्दा हेर्दै त्यो रिक्सावाला पनि त्यहि किच्कन्यामै बदलिइछे रे। र हरि दाइ त्यो झट्का सहन नसकेर त्यहि ढलेर मरेछ रे (भूत भाषामा भन्न पर्दा किच्कन्याको बान लागेर मरेछ रे)।

                                            * * * * * * * * * * * * * ** * * * * * *

यो घटना हाम्लै त्यस्तै कुनै जाडोको एउटा रात आगो ताप्दै गर्दा राम दाइले सुनौदै थ्यो। अनि एउटाले रामदाइ लै सोध्यो,
"यो घटना अरु कसैले देख्या जस्तो त छैन। अब हरि दाइ त मरिसक्यो, भने, तँलै कल्ले आ'र यो सबथोक भन्यो त?"
रामेले जवाफ दियो, "खै, मलै नी शिबदाइले भन्याँ हो, अरु था' छैन।"

यो किच्कन्या, भूतको कथा भन्या सबै यस्तै हो।

Last edited: 02-Aug-08 11:11 PM

 
Posted on 08-05-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मेरो हजुरबा  को पनि हजुरबा को पालामा भुत आएर रोपाइ गरिदिन्थे रे   अनिखेरि खाना खाएर जान्थे रे । तर उनिहरुलाई चै हेर्न हुन्नथियो रे।

 उनिहरु निकै मित्रवत थिए रे । एकदिन चै  मेरो हजुर्बाको पनि  हजुरआमाले सेलरोटी पकाइ रहनु भा बेला घरको  भित्ताको सानो प्वाल (जहाँ हात मात्र पस्न सक्ने हुन्छ) बाट उनिहरु पनि सेल माग्न आइछन। हजुर्बाको हजुर्माले दिनुभएछ  तर उनिहरुले  रोटी लगातार  माग्न थालेछन --हजुर्बाको हजुर्मालाई रिस उठेर तात्तो तेल सहितको सेलरोटी हातमा राखे पछि ऐयाssss  आवाज दिदै भागेको भुतहरु फेरि रोपाई गर्न आएनछन --सो स्याड ! 

हामी कहिलेकाई गाउको घरमा जादा रोपाई गर्नु पर्थ्यो -- ति भुतहरुलाई खुब सम्झन्थ्यौ सानो  छदा  आधारातमा पुकार्थेउ   माया गरेर --तर कहिले आएनन--तब देखि म भुत लाई विस्वास गर्दिन --हिहिहि

 तर किचकन्या बोक्सी  जस्ता शब्दहरु केबल  समाज मा महिलाहरुलाई  अमर्यादित र अपमानित  गर्नलाई कथनमा आएका हुन--अझै पनि हामी हाम्रो गाउको पिछडित समाजमा तल्लोजातको महिलाहरुलाई बोक्सी भनेर अपमान गरेको थुप्रै  उदाहरण देख्न सक्छौ


 
Posted on 08-05-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई मान्नै पर्ने हो। था न भाको त केही छैन जस्तो। ल किचकन्नीको कथा रमाइलो लाग्यो। आफु ले त आज सम्म देख्न पाको हैन, सुनेको चाही धेरै चोटी।
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
From Trump “I will revoke TPS, and deport them back to their country.”
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters