[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 98970 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-15-06 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले र दादा पनि फाइन् थ्यान्कु नै होला नि?

कथा चाइ बल्ल आधा भा छ , पुरा भएछि टास्नु पर्ला है दादा :P
 
Posted on 12-15-06 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि दादा आजकाल आधिराताँ बिम्झन्छन् र बर्बराम्छन्!
कति बज्यो ए बुडा तेताहुँदि अइले? कि ब्यान भैसको?
मिस्टे नि आएछ , तितौरि नि आइछिन् र संग संगै कुम्ले नि देखा परो :):)
 
Posted on 12-15-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै खै हेरुम् त कति भएछ? तेइ आधा टुकुनु भए नि हाल्दिए भैगो नि "अध्याय १" भनेर।
 
Posted on 12-15-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>यि दादा आजकाल आधिराताँ बिम्झन्छन् र बर्बराम्छन्!
लोल,
भा तेइ हो। ४ बजितो ब्युँझदा। अनि साझा हेर्न मुन लायो।
अब साढे ५ भो फेरि सुत्छु। शनिबार त हो नि।
 
Posted on 12-15-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D hass dada hass! tysai garchhu :D
 
Posted on 12-15-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, दादा सप्पैलाई फाइन थ्यान्क्यु है मेरो तर्फबाट!!

तितौरीको कथा आधामै टाँसे भइगो नि, "क्रमश:" लेखेर बाँकि अर्को पल्ट लेखे भइगो नि। कि कसो गाउँलेहरु?
 
Posted on 12-15-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु टाँस बा तितौरि कथा टाँस!
के थाहा फेरि तिम्रो कथा पढेर निसे बज्जे अस्तो अर्को चरित्र चौतारिआँ
आम्ने पो हो कि? :)
 
Posted on 12-15-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, जिम्माल बा, कुम्ले, तितौरी, मिस्टे, सबैलाई जुडो! ए सरी, जदौ!

दादा बिहान बिहानै ५.२५ मा उठ्नुभएछ नि, मर्निङ् वाक जाने पिलान छ कि कसो?

जिम्माल बुढाको खेतको काम सकियो?

कुम्लेको कफि सर्कियो रे? कति पिउँछौ हँ कफी दिनमा?
 
Posted on 12-15-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई जदौ है ।
दादा ब्रोलाई मैले ३ चोटि याड गरें खै केटाहरु ले रोङ आइ डि देका हुन कि मैले मिस्टेक अरें था' भएन । अनि दादा ब्रो एत्ती राती हुँदो क्यार्न आएका हुन ?
निद्रा लाएन जस्तो छ ।
साके तान्नुस् त तातो तातो मज्जाको निद्रा लाउछ ।
 
Posted on 12-15-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तितौरी टाँसम् कथा आधा भएनि, नत्र कुम्लेले थपेर पूरा बनाइदिन्छ नि, कि कसो कुम्ले? :)

मैले त मिस्टेलाई ठीकै याड दिएको जस्तो लाग्छ दादाको, के भएछ त? फेरी दिम् मिस्टे?
 
Posted on 12-15-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***_poudel@hotmail.co.jp

तितौरीको कथा पढेर सुत्नु पर्ला।
 
Posted on 12-15-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ साँच्चि हाम्रो निश पाट कता गयो आजकाल!! भेटै हुन्न, अस्ति फोन गर्न मन लागेर गर्या है उठाउदै उठाएन, "लौ त नि ठिकै छ" भनेर भोइस मेल छोडुम न त त्यसो भए भन्या त ओहो!! "भोइस मेल छोडिस भने जानेको छु" भने जस्तो गरेर म्यासेज राख्या रहेछ। त्यहि भएर केहि नबोली राखेँ!

:-)
 
Posted on 12-15-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अउँरेजी सिक्न प-या क-कसलाई हो?

ABCD बट शुरु अरम्!

A बाट अब
B बाट बसेर
C बाट सिक्ने
D बाट डेन्जर
E बाट ईङ्लिस्

ल, एकै श्वरमा सबले भन:

अब बसेर सिक्ने डेन्जरको ईङ्लिस्!

दादालाई साझाको मुयाले पिरोल्यो जस्तो छ, आधा राताँ झस्कँदै बिउँझने, अनि साझालाई नजर लाउनि!

मोहनीऽऽऽऽऽऽऽऽ लाग्ला है
साझाको बोलीले
चौतारीको क्या मीठो लहरले

ख्याल ठट्टा नगर, पाएछौ खबर
चौतारीको छाया मुनि बऽऽऽऽऽऽऽऽऽऽसेर।
 
Posted on 12-15-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A बाट अब
B बाट बसेर
C बाट सिक्ने
D बाट डेन्जर
E बाट ईङ्लिस्
(((((((((((अब बसेर सिक्ने डेन्जरको ईङ्लिस्!)))))))))

:P
 
Posted on 12-15-06 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, तितौरी बुईनी पास्! :D
 
Posted on 12-15-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आधा कथा छ भनेर मलाई कुराएर तितौरी त छट्टुनी रैछिन्।
 
Posted on 12-15-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पास् भए रे पुन्टेदा :O
 
Posted on 12-15-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gareko ho ta yadd
katti choti garnu hehehe
feri msn le boulayo yo Miste ta bhanla heheh
 
Posted on 12-15-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A बाट अब
B बाट बसेर
C बाट सिक्ने
D बाट डेन्जर
E बाट ईङ्लिस्
 
Posted on 12-15-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A बाट अब
B बाट बसेर
C बाट सिक्ने
D बाट डेन्जर
E बाट ईङ्लिस्
(((((((((((अब बसेर सिक्ने डेन्जरको ईङ्लिस्!)))))))))

:P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
Those who are in TPS, what’s your backup plan?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters