सर्वप्रथम त "जगटाधारी "जि नविन सोचको लागि धन्यवाद , साझावासि साथीहरु यो कलम मेरो ,लेखाई मेरो तर शुरुको फुराई "जगटाधारी "जिको हो । "जगटाधारी "जिले दिनुभएको क्यान्भासमाँ सकेसम्म राम्रो रङ पोत्ने प्रयास गर्ने छु ।
"यो सिट मेरो हो शायद"
झ्यालमाँ बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो ।
"होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।"
आवाज मधुरो थियो , मेरो फर्की फर्की केटीको अनुहार हेर्ने बानि छैन त्यसमाथि 'पल्पसा क्याफे' बाट ध्यान हटाएर मैले उस्को अनुहार हेर्न खोजेँ भने त्यो आवाज मधुरो हुनै पर्छ ।
" स्पेस कम भयो ब्याग छिर्दै छिरेन !" म सँग सहायता माग्दै थिई शायद । उस्को अनुहार दुई हातले छेकिएको थियो ब्याग मिलाउन खोज्दा ,अनि कपाल लामो रेशमी सिटसम्म झर्ने, म उठेको मात्र थिएँ , कन्डक्टर आएर त्यो मौका म बाट खोस्यो ।अनि बसे पछि उ मुस्कुराई मानौ म उठेको मात्रलाई पनि उ धन्यवाद दिन चाहन्छे ।पल्पसा क्याफे चरमोत्कर्षमाँ भएर होला मेरो उ तिर ध्यान कम नै थियो ।बाटोको गोलघुम्तिसँग रिस पनि उठ्दै थियो मन नलागि नलागि भएपनि उ र म ठोक्किरहेका थियौ ।बिस्तारै बिस्तारै अँध्यारो आफ्नो साम्राज्य फैलाउने होडमा थियो । मोबायल को एयरफोन कानैमाँ मिठो धुन गुन्गुनाईरहेको थियो ।एक्कासी उ मेरो अगाडि आएर कानको एयरफोन हटाउन ईशारा गरी ।
"लामो यात्रामाँ परिचय जत्ति चाँडो भयो त्यत्ति राम्रो होइन र ?"
म फगत मुस्कुराएँ , केटीहरु सँग खुलेर गफ गर्न सक्दिन भनेर भन्छन् साथिहरु ,शायद साँचो बोल्छन् ।
"तपाइँको भोलि एक्जाम छ हो ?"
" किन ?" यसपाली मेरो उत्सुकता बढ्यो ।
"you seem so much into this book !" उ हाँसी।
"राम्रो छ नि त ।" मैले पाना पल्टाउँदै भने ।
" एउटा कुरा भनौँ ?"
" के कुरा भन्नुहोस न !"
" यसमाँ पल्पसा मर्छे नि !"
मलाई एकचोटी झनक्क रिस उठ्यो । उ कसरि यस्तो गर्न सक्छे । एकै चोटि त्यो किताब रस निचोरिएर खोस्टा मात्र बाँकि भए झैँ लाग्यो । उ भने पेट मिची मिची हाँसिरहेकि थिई । पहिलो भेट ,how dare she ......?
"सरि , मैले यत्ति नभनेको भए तपाइँ किताब छोड्नु नै हुने थिएन ।हाम्रो परिचय अधुरै रहन्थ्यो । "
"मेरो नाम प्रतिक , प्रतिक रेग्मी ।"
"मेरो पल्पसा" उ फेरि हाँस्न थाली । "सरि सरि मेरो नाम निशा "
"बिराटनगर कुनै खास कारणले हो ?"
"ट्रेनिङ छ ।तपाइँ नि ?" प्रश्न सोध्नु जरुरि थियो ।
" रिसर्च हो ! i m doing masters in criminal psychology , किड्न्यापिङ केसहरु सँग रिलेटेड रिसर्च हो ।"
"Really ? need guts !!!!!!!!! ,तर नेपालमाँ त criminal psychology पढाइ हुन्न नि , होइन र ?"
"म भख्खर हो आएको , सरे युनिभर्सिटि बाट ,its in UK , चिप्स? " उसले आफुले भख्खर खोलेको चिप्स म तिर तेर्स्याई । मैले उस्को अनुहार हेर्दै अफ्ठ्यारो मान्दै दुई वटा चिप्स उठाएँ । she was too young to do the research !
" i have to show something to you "
"के हो ?" म उत्सुक भएँ ।
मोबायल उठाएर उस्ले पर्तिरको सिटको माथि देखाई । ७ र ८ नम्बर भन्दा माथी "अपरिचित ब्यक्तिले दिएको कुनै पनि बस्तु सेवन नगर्नुहोला" भनेर लेखिएको थियो ।
"Now........ you are in danger !"
"stop" म हाँसे ।उ हरेक भेटमाँ जिउन खोज्छे एउटा जीवन जस्तो लाग्यो मलाई ।
" May i call u तिमी" मलाई थाहा छैन मैले किन यस्तो भनेँ । मैले यत्ति धेरै अपरिचित केटिहरु सँग बोलेको छुइन अहिले सम्म ।
"sure .........गफ गर्न सजिलो हुन्छ , तर म पनि तिमी नै भन्छु नि !"
" तिमी फ्लाइटबाट किन नआएको ?"
" मलाई बसको यात्रा एकदम मन पर्छ । नयाँ नयाँ सहयात्रि पाइन्छ । तिमीसँग भेट हुन जुरेको रहेछ ,त्यसैले होला "
"तिमी असाध्यै कम बोल्छौ ।" एक छिनको मौनता चिरेर उ फेरि शुरु भई । मलाई उङ लाग्न थालिसकेको थियो ।
"अनी तिमी असाध्यै धेरै ।" मैले आँखा चिम्लीचिम्ली जवाफ फर्काएँ ।
"तिमी अरु भन्दा भिन्न छौ ।" उसको इशारा शायद मेरो एप्पियरेन्सतिर थियो ।
" भिन्न भन्नाले ?"
" भिन्न भन्नाले भिन्न , असाधारण , भिँडमाँ बेग्लै ।"
"राम्रो मा कि नराम्रो मा ?" मैले हाँस्दै भने ।
"राम्रो मा नि यार ।केटाहरुमा यस्तो लजालुपन धेरै कममाँ हुन्छ ।"
"मलाइ थाहा छ म कति राम्रो छु ।"
"मान्छेले आफुलाई अरुको आँखाबाट पनि हेर्न सक्नुपर्छ ।"
। म धेरै बेर आशय बुझ्न ती शब्दहरु खेलाइरहेँ ।बिहान बस बाट ओर्लिँदै गर्दा उस्ले मलाई हेरेर हाँसी ।
"always think that you are a gem.............तिमी सँग यात्रा रमाइलो रह्यो ।" यो अन्तिम वाक्य थियो उस्को । ऊसको टि-शर्टको पछि "dont stare at me" लेखिएको थियो तर किन किन मैले उबाट नजर हटाउन सकिन ।
क्रमश: