[VIEWED 38402
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-02-08 5:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
जीवन चक्र
घट्ना २००८ मे महिना को ३ तारिक हो। सझा चौतारिका मित्र एवं छिमेकि पर्बते मार्सबका साथ लाँघाली समाज न्यू योर्क द्वारा आयोजित दोहरी साँझ हेर्न न्यू योर्क तिर गएका थियौं। चौतारिका अर्का अबतारीहरु पूण्टे दाइ एवं रिट्ठे संग संगै प्रतिभाशाली रिकुटे समेत भेला भै मेला भर्न आर्मेनियन् चर्च स्थित समारोह स्थलमा पुग्यौं।
दोहरी, नाच, गीतको कार्यक्रमको सिलसिला सुरु भयो। काठमाडौं देखि आउनु भएका दोहरी गायिका शिला आले, पप गायक क्रान्ति आले को सुमधुर दोहरी तथा पपगीतहरुले माहौल संगितमय हुंदै थियो। हल बाहिर म:म:, सेलरोटी, आलु, बिर्यानी को पकवानको वासनामय वातावरण लाई रम, ह्विस्की, वाइन अनि बियर को अथाह प्रबाहले त्यो साँझ मात्तिदै थियो। साँझ संग संगै मात्तिने तरुण तन्नेरिहरुको बाक्लो जमात हल भित्र भन्दा बाहिर झमझमाइरेका थियो। पिउने पिउदै थिए, जिउने जिउदै थिए।
त्यही भीड भित्२२ बर्ष पछिसाथी पनि भेट् भयो। बियर माथी अर्को बियर थपिंदै गए। संयोगले २१ बर्ष पछि अस्कलमा संगै पढेका मित्र भेट् भयो। वातवरण पुनरमिलनिय भयो। त्यहि भिड भित्र एक जना चिने चिने जस्तो लाग्ने दौतरी देखियो। सोमरसको प्रतापले आफ्नो शरीर बसमा राख्न नसक्ने उक्त भलादमीले मलाई नै हेरि रहेको जस्तो लाग्यो। पक्कै पुरानो चिनजानको मान्छे हुनु पर्छ, मैले निर्क्यौल गरें। संभवत उहाँलाई नि त्यस्तै लाग्यो। म नजिक आए र भए,
"तपाईलाई चिने चिने जस्तो लाग्छ , तपाईको घर् बसन्तपुर् हो ?" "हो, गणेशस्थान नजिक कै।" "तपाई नि ?" "म पनि त्यतै को, म राजेश -हलुवाई।"
"ओह, म राहुल।"
तपाईं बाट तिमीमा हाम्रो वार्तालापको रुप झरि सकेको थियो। कहिले किन आएको आदि इत्यादि औपचारिक कुरा लर्बराएको लवजमा आधा अंग्रेजी आधा नेवारीमा सोधे। रक्सी शरीरमा मात्र होइन मस्तिष्कमा पनि पुगिसकेको स्पष्ट देखिन्थ्यो।
"लाइफ खत्तम भो यार। सब खत्तम भो ।" "किन कसरी ? २५ -३० बर्ष भएन र यहाँ आएको ? लाइफ त सेटल भैसकेको होला नि? घर परिवार, काम दाम।" मैले नि जिज्ञासा पोखें।
"सब खत्तम भो। बोक्सीले छोडेर गई। घर कार सबै लिएर गई।" त्यो भन्दा बढि खोतल्नु ठिक लागेन। मैले अपसोच मात्र जताएं।
"यार, एक पेग ह्विस्की पिलाउ न, २५ बर्ष पछि भेट् भाको ओकेजनमा। सबै पैसा सकियो भने।" ५ डलर को १ पेग, किनी दिएं। थ्यान्कू यार, भन्दै एक सासमा नीट घुट्काए।
"एक् पेगले घाँटी नै भिजेन अर्को एक पेग लेउ न यार।" लर्खराएको पाइला, लर्बराएको बोलीमा उ निश्चिन्त निसन्कोच माग्दै थियो।
धेरै बहस गर्नु ठिक थिएन, मैले हस भन्दै अर्को पाँच ड्लर निकालें। अब यो मित्र संग जति धेरै बस्यो त्यति नै आफ्नो खल्ती रित्याउने गल्ती गर्नु हुने छ , मन मनै सोच्दै त्यहाँबाट फुत्किने उपाय खोजें। "मलाई एउटा चुरोट तान्न मन लाग्यो, बाहिर गएर आउछु है।" "चुरोट खानु हुन्न, फोक्सो कालो हुन्छ" अर्ति दिदैं थिए, म लम्कि हालें।
भित्र हलमा नाच्नेहरु छम छम् नाचिरहेका थिए। बाहिर झमझम पानी परि राख्या थियो।
चुरोट को धुंवा संग संगै स्म्रिति पटलमा राजेश हलुवाई नाच्न थाले।
क्रमश:
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-04-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ,
किन? कसरी? के भएर राजेश त्यो अबस्थामा पुग्यो होला भन्ने थुप्रै प्रश्नहरु मनमा उब्जिरहेका छन्।
उत्तरको प्रतिक्षामा म पनि छु भनेर।
|
|
|
marsal
Please log in to subscribe to marsal's postings.
Posted on 12-04-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oh ho Dhaubaji ko kura padda ta sarai ramilo lagyo. 2 barsa agadi Nepal jada tesari nai dhaubaji ka wa bhanera baolauda ma pani gaida line basna. Dashina lina ta haina khali ramilo ko lagi.
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-04-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la bhag 2 pani padiyo, ramro lagyo, ani core Kathmandu ko tradition janne mauka pani milyo. flash back dherai effective chha Rajesh Haluwai ko latter life ko barema Rahul dai le thuprai kura paskanu bhayo bhane ta. tara Rahul dai le uslai dui peg thapi diyera teha bata bhageka le usko ups and downs in latter life teti thaha paune mauka milena ki? Katha aba kasari agi badne ho?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे जी , हामीले देखेको भोगेको काठमाडौ त्यस्तै थियो। धौ बजी लिन जानु, आस पास, तेलकासा खेल्नु , गुच्चा को अनेक खेल मा झेल गर्नु बाहेक बाल्यकाल थिएन। शिक्षा पढाई स्कूल आदी त गाउँ बिषय थिए।
क्रेजी जी, राजेश को अवस्था बारे त्यती ज्ञान भएन। धेरै अघी नै अम्रिका भासिएको हुंदा ध्यान पनि गएन। कथा राजेश हलुवाइ को होइन, कथा काठमाडौ २०३०-३५ को हो यो।
ओबामा जी, अर्को भाग पनि छिट्टै राख्ने छु। पुरानो घाऊ कोट्याएको हुं, दुख्न पनि सक्छ।
नेपालीबाबु जी, शहर होस् या गाउं, बाल्यकाल को संझनाले सधैं रोमान्चित गर्छ नै। ती स्वर्णिम दिनहरु फेरी आउदैनन। अहिलेका बालकहरुले त्यो प्राकृतिक हावा पानी पनि पाउदैनन।
बिस्टे जी, अघिल्लो भागमा तपाईंको टिप्पणीलाई टिपोट गर्ण सकिन , क्षमा प्रार्थी छु। एकमुष्ठ धन्यवाद। राजेश हलुवाई मात्र प्रतिनिधि दौतरी हुन। सत्य त त्यो बेला को काठमाडौ र राहुले ले भोगेका पापड र झापडहरु हुन।
चिप्ले जी , राहुले को बाल्यकाल अझै पुरातन काल मा थियो। कोक आएको थिएन, भोक मात्र थिए त्यती बेला। १ पैसा मा ५ वटा पिपलामेट, १ पैसा मा साकसला, २ पैसामा लत्यापा: को जमाना थियो। पानी बरफ २ पैसा, खुवा बरफ ३ पैसा ।
रिट्ठे जी , कृपया क्रेजी जी माथिको टिपोट पढ्नु होला।
मार्सल जी , अचेल धौबजिको चलन धेरै ठाममा हराइ सके। कतै कतै अझै "हे मस्त धौ:बजी का वा: " भन्ने आह्वान सुनिन्छ नै। बाल्यकाल याद आउछ, संग संगै दु:ख सुख का दिनहरु।
सितल जी,
यो कथा सुरु गर्नु को उद्देश्य राजेश हलुवाई को उतार चढावलाई चिरफार गर्नु थिएन, गर्नु पनि हुन्न होला। राहुलेको ब्यथा लेख्न खोजेको हुं।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-04-08 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले थप्नु भयो होला भनेर आएकी त। धन्यवाद ग्यापन पो गर्नु भएको रहेछ राजेश हलुवाइको बारेमा सुन्न मन लाग्यो ठुल्दाइ। छिट्टै सुनाउनुस् है?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-04-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपुजी, धेरै कुरा धन्यवादज्ञापन पन्नाबाट पनि बुझ्न सकिन्छ नि होइन र ? राजेश हलुवाइ को कथा होइन यो। राहुले को कथा हो। राजेश हलुवाइ त कथा को कारक तत्व मध्ये को एक हुन।
|
|
|
marsal
Please log in to subscribe to marsal's postings.
Posted on 12-04-08 8:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai museum ma k kbhayo chadai nai padna pau bhanne kamana cha. Sorry hai thuldai malai nepali ma type garna audaina
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-05-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
जीवन चक्र अन्तिम भाग
म्युजियम हेर्न जाने कुरामा आफै रोमान्चित भैराखेको थिएं। जंगबहादुर् को तलवार छ रे, अमरसिंह थापाले कब्जामा लिएको तोप छ रे। कस्तो होला, कति ठुलो होला, मन मनै लड्डु पकाइ रहेको थिएं।
हुन त घरबाट् कहिलेइ एक्लै टाढा गएको थिइन। एकपल्ट ३१ सालमा स्वर्गिय राजा बीरेन्द्रको राज्यभिषेकको लागि बुढो खुइलेको धरहरालाई रङ्ग रोगन लगाइरहेको अचम्मको द्रिश्य हेर्न सुनधारा सम्म गएको थिएं।क्या गजब को सीन थियो, डोरीमा झुन्डिएर धरहरामा रंग लगाइरहेका मान्छेहरु। कति न डराउने होला है, आफै दङ थिएं टोल छिमेकबाट् बाहिर् नजानु, मोटरले किच्ला, मर्स्याले बोरामा हालेर लैजाला भन्ने गर्थे बुज्रुकहरु।
प्रबिणले बोलाउन आउदा म लगभग तयार भैसकेको थिएं। हुन त के गर्नु थियो र, त्यो उमेर मा।
जाने बेलामा आमाले अलिकति मकै लैजाउ, भोक लाग्ला भन्नु भयो। आमाको वासल्यता नै पुगेको थियो मलाई। लैजान्न, राजेशले चुंला बजी खुवाउछु भनेको छ, उसको घर मै खाने। चुंला बजी अर्थात किमा मासु र चिउरा। प्रफुल्लित मुद्रामा घरबाट निस्कें।
प्रबिण संगै बाहिर् डबलीमा गएं। काष्ठमण्डप र सिंह सत्तल बिचमा अग्लो भागको डबली, छुट्टिको दिन भएकोले एक् हुल ह्वागरा खेल्दै थिए। (ह्वागरा- गुच्चा खेलको एक रुप)।
बिहान को ११ बजे हुंदो हो, साढे दसमा डबलीमा आउछु भनेको राजेश हलुवाइले। तै पनि हामी ह्वागराको दर्शक भएकाले टाइम गएको पत्तो भएन। बल्ल १२ बजे तिर एउटा होण्डाको आवाज आयो डबली छेउमै रोकियो। राजेश आएको पक्का भो, पिताश्रीको यामाहा होण्डामा।
"१२ बजी सक्यो अब जाउं, ३ -४ घण्टा लाग्छ रे। अनि खाजा खानु पर्छ, बल खेल्नु पर्छ। मेरो घरमा टुंडिखेल जत्रो जग्गा छ।" राजेशले आफ्नो बैभव सुनाइ हाले।
हामी ३ जना दौतरी हिड्यौं, काष्ठमण्डपको दबलीबाट भिमसेन स्थानको बाटो हुंदै। म्युजियम मा यस्तो छ उस्तो छ भन्दै अग्रिम बखान गर्दै गए राजेश। बाबाले भनेको रे।
भिमसेन स्थान पार गरे पछि अलि तल परोपकार हाइ स्कूल अनि कालिमाटी टंकेश्वर जाने पूल आउछ। त्यताबाट् सिधा उकालो अनि दाया लागे पाछि ताहचल महेन्द्र रत्न क्याम्पस पुगिन्छ।
हामी एक लहरमा हिड्दै थियौं, सडक खालि थियो। महेन्द्र रत्न क्याम्पस पुग्नेबेलामा एउटा बडेमानको मिलिटरी लरी आयो। सडक साँघुरो भएकोले एक लहरमा हिड्न मिलेन। प्रबिण अगाडी म बिचमा र राजेश लास्टमा । त्यतिबेला नै राजेशको नजर मेरो पहिरनमा पर्यो र त्यहीं टक्क अड्यो। प्रबिणलाई बोलाएर कानमा खासखुस गर्न थाले। केही नमीठो जाउलो पाकेको शंका न लागेको होइन। राजेशले सिधै म संग भने-
"तिमी मेरो घरमा आउन मिल्दैन त्यसैले फर्के हुन्छ यहिंबाट"
अचानक यस्तो कुरा सुन्दा म झसङ फरङ के के भएं के के।
"किन ? हमीले मिलेर जाने भनेर कति दिन अगाडि देखि बनाएको प्लान त्यो।" मैले सक्दो प्रतिपाद गरें।
"किन कि तिम्रो पाइन्ट च्यातेको टालेको छ। घरमा मम्मिले यस्तो खातेलाई ल्यायो भनेर गाली गर्छ । त्यसैले तिमी घर फर्क।"
कींकर्तब्यबिमूढ खाते म, खुरुखुरु त्यहीबाटो घर फर्कें।
आँशु रोक्नै सकिन। १० बर्षको उमेरमा पहिलो पल्ट गरिबी के हो थाहा पाएं र बेस्सरि रोएं। म संग अर्को पाइण्ट थिएन। स्कूल जाँदा सुरुवाल लगाएर जाने गर्थें। भएको एउटा पाइण्टको पछाडि ( धेरै खेलर होला) च्यातिएको थियो । र पनि त्यसलाई जतनले टालेकै थिएं। तर त्यो टालटुले कपडाले गरिबी न छेक्ने रहेछ। निर्धनता त्यहिंबाट् चियाउने रहेछ।
आफ्नो मिल्ने साथीको त्यो निर्णयबाट जति बिचलित भएको थिएं त्यति नै आफ्नो गरिबी प्रति आक्रोश। तर यथार्थता स्विकार्नै पर्छ मैले।
सुकसुकाउदैं घर तिर पुगें। घर पुग्नु अघि नै रोएको थाहा पाउला भनेर आशु पुछें तर के थाहा आँशु पुछ्दा कमिजको बाहुलाको मैलले कालो निशानी छोड्छ भनेर। घर पुगें। आमाले देखि हाल्नु भयो, रोएर किन फर्किस्, के भयो ? म छक्क म रोएको नि थाहा पाउने कस्तो चमत्कारी आमा ।
मन दुखेको ब्यथा भन्न मन लागेन। तुरन्तै बहाना बनाएं। चप्पल चुंडिएर लडें , अलिकति दुखेकोले रोएको। बहाना शायद त्यही नै उपयुक्त थियो त्यो परिबेशमा।
"खै कहाँ दुख्यो हेरम्, घाउ साउ त भएन?" "खास केही भाको छैन, अहिले सब ठिक छ आमा।"
घाउ साउ होइन, आज एक साहु मन ले चित्त दुखायो आमा भनेर रुन मन लागेको थियो ।
यो घट्ना पछि राजेश हलुवाई संग संबन्ध राख्नु कुनै अर्थ थिएन र राखिन पनि। कहिलेइ निको नहुने चोट र खोट दुबै थियो। बेला बेलामा टोलमा आउथे तर मैले कुनै चासो राखिन।
समय चक्र घुम्दै गयो। गरिबी संग सक्दो मुकाबला गर्दै सात पास गरियो। आठ देखि बिश्व निकेतन मा पढियो। ती दिनहरु बारे पिताजीको सुनको तक्मामा उल्लेख गरि सकेको छु। (http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=283&ThreadID=52796)
८-९ पढ्दा नै राजेश हलुवाईको सबै परिवार अमेरिका गए रे भन्ने सुनें। ४-५ बर्ष मा नेपाल आउने जाने गर्थे। त्यहि भएर अनुहार बिर्सेको थिएन, ब्यबहार त बिर्सने कुरै भएन।
अचानक त्यो दोहरि साँझमा भेट भयो राजेश। अचानक फेरि पुरानो घाउ बल्झियो। गरिबी, आर्थिक शंकटले फेरि चियाए जस्तो लाग्यो। यति बेला त्यो गरिबी भन्ने जन्तु राजेशको शिरमाथि देखें।
सजल आँखालाई रेस्ट रूम गइ पखालें र भित्र हलमा गएं। दोहरी जारी थियो। दोहरी संगै पूण्टे दाई, रिट्ठे, पर्बते नाच्दै थिए।
"आँधि खोला उर्लेर आयो, जाने बेला माया ले बोलायो।"
म नि नाच्न अघि बढें।
अस्तु!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-05-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मान्छे को जीवन मा केहीले दु:ख कहिले सुख समय बलवान छ केहीले कोल्टो फेर्छ थाहा नै हुँदैन - एही रहेछ जीवन चक्र होइन ठुल्दाइ, तपाईं को लेखाइ को त के कुरा गर्नु ठुल्दाइ - एकदमै राम्रो, अरु अरु पनि लेख्दै गरौ, पढ्ने हामी छडैछु नि
|
|
|
nAyAni
Please log in to subscribe to nAyAni's postings.
Posted on 12-05-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलभाइ दाई मन छुने रहेछ तपाईंको कथा। हामीले देख्न नपाएको काठमाडौं तपाईंको बयानले देखे जत्तिकै भो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-05-08 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही भन्या लहरे बाच्नु मात्र पर्छ धेरै कुराहरु देखिन्छ यि आँखाले ! अकुत सम्पत्ति कमाएर नाता सम्बन्धलाई पनि पैसाको तराजुले जोख्न खोज्ने अहन्कारी मनहरुलाई म पनि सधैं घ्रिणा गर्छु !
बास्तविक जीवनको सत्य तथ्य लेखेर पढ्ने मौका दिनु भएकोमा धन्यवाद ठुल्दाइ !
|
|
|
OBAMA
Please log in to subscribe to OBAMA's postings.
Posted on 12-05-08 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दाई, जिबनको सत्य लेख्नु भयो। खै के लेखौ। म पनि पुराना याद हरुमा थाहा नपाई हराउन पुगेछु। नयाँ कथाको प्रतिक्षामा साझा हेर्दाइ गरुला।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-05-08 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलदाइ बडा मार्मिक रइछ तेस्रो भाग,म चाइ राजेश हलुवाइ को कसरी त्यो हालत भयो भन्ने पढ्न पाईन्छ होला भनेको त तेस्रो भाग ले सबै कुरा छर्लङ पारीदियो,जान्न आवश्यक लागेन। "तर त्यो टालटुले कपडाले गरिबी न छेक्ने रहेछ। निर्धनता त्यहिंबाट् चियाउने रहेछ।"
गजब छ लेखाइ। "गरिबी, आर्थिक शंकटले फेरि चियाए जस्तो लाग्यो। यति बेला त्यो गरिबी भन्ने जन्तु राजेशको शिरमाथि देखें।"
वाह ठुलदाइ वाह
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-05-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो दाइको कथा आएर पनि सकिसकेछ? मेरो गुनासो चाँही थोरै भयो भन्ने हो दाई, जम्मा ३ भाग मात्र तेही पनि कम्जोर मुटु हुने को लागि छोयला कचिला पार्ने कथा राख्नु भएछ त म त हलुवाइ को कथा राख्नु भए होला भनेको त आफ्नै कथा ब्यथा पो रहेछ, यस्तै हो सुख र दु:ख ले कहिले भेट्टाउछ भन्ने कमैलाई थाहा हुन्छ होला र दाइले आफ्नो गरिबिलाइ पहिले नै पाखा लगाइसक्नुभएको छ
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 12-05-08 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई खाने बाघले तलाई पनि खान सक्छ भनेको एही हो । हुनत बिचरा राजेश हलुवाइ पनि बच्चा नै थियो, हाम्रो समाज नै त्यस्तो थियो र कती नै परिवर्तन भा छ र ? आहिले पनि हाम्रो बानी तेहिहो चाहे नेपाल होश या अमेरिका ? भा छ केही परिवर्तन ? लौ कथा पढे पछी यो सप्तान्ह सबैको राम्रो सँग बितोश भन्ने कामना गर्दै म लाग्छु ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-05-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त है, जीवन चक्र नै हो वास्तवमा!!
राम्रो कथा पढ्न पाइयो दाइ, धन्यवाद !
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-05-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yespali rune palo Rajesh Haluwai ko rahechha, kasto jiban-chakra! nikai marmik rahechha.
However, 10-11 barsha ko bachchaa lai taleko kapada laune manchhe ta manchhe nai hoina, sangat nai garna hudaina bhanne jasto feudal culture sikaune ta uskai parents ra our society ho ni. Tesaile dosh Rajesh Haluwai, jasle usko aama ko dar le Rahul dai lai ghara farkane sallaha diyo, ko bhanda pani usko parents ra our societal structure ko chha.
Dhani ra Garib jo ek din sajilai dhani huna sakchha, ko bich ma ta yesto discrimination hunchha bhane jhan Nepali so-called untouchable castes le kasto mental problems sahanu parla day to day life ma? We need change!
|
|
|
Nepali Thita
Please log in to subscribe to Nepali Thita's postings.
Posted on 12-05-08 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Awesome, One of the best of its kind...
Keep on writing.
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-05-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भन्नु खै , आफ्नै आँखा रशाएर आयो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-05-08 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सेरिअल जी ( लहरे जी) एउटा गीत छ नि लहरे-
प्रतिक्षा गर मेरी मायालु, समयले मनिसलाई कहाँ कहाँ पुर्यौछ।
कहिले हसाउछ, कहिले रुवाउंछ। आसु र हासोको संगम पनि गराउछ।
यस्तै हो, तर यस्ता दु:ख अरुले भोग्न नपरोस यही कामना छ।
नयनी जी, मन छुन सकेकोमा आफ्नो लेखाइ केही हद सम्म सफल भएको मानेको छु। यो कथा लेख्नु को उद्देश्य त्यतिबेलाको काठमाडौ को शयर पनि गराउनु थियो।
रिट्ठे जी , हो सत्य घट्ना मा आधारित कथा हो यो। दोहरी साँझ, आर्मेनियन चर्च, रिट्ठे, रिकुटे, पूण्टे दाई, पर्बते पनि असली नै। राजेश हलुवाइ र म्युजियमा को कथा पनि सत्य नै।
ओबामा जी, सत्य मेरा लागि तितो नै भए , तितो नै भोगें, तितो नै पोखें।
बिस्टे जी, यस्ता मार्मिक तथा धार्मिक कथाहरु टोल छिमेकमा धेरै हुन्छन। टिपन टापन गरेको हुं। टिप्पणी को लागि आभारी छु।
पर्बते गुरु, कथामा पर्बते गुरु को नि नाम आएर मुटु छोयला कचिला त भाको होइन? छोटो कथा छोटो ब्यथा। त्यो भन्दा बढी लेख्नु नै के थियो र। धेरै रुवाएं रे भन्ने गुनासो यस अघी सुनी सकें। आफु रोउंला तर अरु रुवाइन्न।
चेली जी, हो यही नै जीवन चक्र हो। अन्जान, बदनाम , गुमनाम जीवन भन्दा त टालेको पाइण्टले चियाएको जीवन नै जीवन्त लाग्छ मलाई।
सितल जी, राजेश हलुवाइ रोए कि रोएन मलाई थाहा भएन। म भने रोएं नै। धेरै चोटि । हो असमानता भन्दा नि धन को तुजुक हुनेहरु को व्यबहार यस्तै हुन्छ, त्यो पनि रातारात धनी हुनेको।
नेपाली ठिटा जी, राम्रो लागेकोमा आभारी नै छु। प्रयास हो, सफल भए जस्तो लाग्यो।
हर्कबहादुर जी , केही भन्नु पर्दैन। रसाउने आँखाको भाका नै काफी छ। आशु को मोल त रुने आँखालाई पो थाहा हुन्छ, होइन र ?
|
|