[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 श्रद्धान्जली!!!!

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 34572 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 11-17-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्रद्धान्जली!!!!


गत एक महिना  अली ब्यस्त थिएं र यसै बीचमा क्रेजिको " बुझ्न नसकिएका कारणहरु" कथा पढे पछी मलाई पनि केही लेखुं लेखुं लाग्यो । द्यो माँ हरुको चमत्कार बारे मा आफुले देखेको भोगेको लेख्न खोजेको थिएं । 



बुधवार ४  नोभेम्बर, एउटा आलेख प्रोफेसर साहेबलाई बुझाउनु थियो र बुझाए पछी द्यो माँ हरु को रोचक प्रसंगहरुको श्रिन्खला लेख्ने सोच मा थिएं ।


राती सुत्ने बेलामा पुराना स्‍मृतिहरुलाई केलाउदै थिएं। धेरै पुरानो कुरा हो। शायद ६ किलास पढ्दाको बेला पहिलो पल्ट माँ (आमा)  संग द्यो माँको मा गएको थिएं  (आमाको साथीको रुपमा मलाई साथै लिएर जानु हुन्थ्यो।)



 मेरो आमालाई  द्यो माँ हरुमा विश्वाश थियो ।  द्यो माँ अर्थात दैबी शक्ती धारण गर्न सक्ने माता । त्यो पहिलो द्यो माँ को दर्शन घट्ना नै अबिस्मर्णिय रह्यो। त्यो  अदभूत द्रिश्य र सत्य बारे छुट्टै लेख्ने छु।  पछी पनि माँ सँग बेला बखतमा द्यो माँ हरुको मा जाने गर्थें ।


यस्तै यस्तै भुलेका छरपुष्ट सम्झनाहरुलाई एकै ठाउंमा जोगाड गर्दै भोली लेख्नु पर्ला "माँ र द्यो माँ"  हरु भन्दै सुतें।


राती अबेर सुत्ने र बिहान ढिलो हुने आफ्नो नानी देखी लागेको बानी ।


बिहान सबेरै अचानक टेलिफोन चिच्यायो । झर्को मानी उठें र उठाएं फोन । घरबाट् दाइले फोन गर्नु भएको रहेछ र पहिलो वाक्य मै " आमा बित्नु भयो" सम्म भन्नु सक्नु भयो। त्यस पछी दाई को बोली फुटेन। सुन्ने यो कान ले सुन्न सकेन। कसरी किन भन्ने कुरा गौण थियो। अचानक, अप्रत्याशित। धेरै बेर सम्म हामी दुई दाजु भाई रोइ रहौं ।व्याबहारिक रुपमा  सात समुद्रपारी बाट निमेषमै घर पुग्नु संभावना थिएन । सम्हालिदै दाईलाई अन्तिम कृयाको लागि यो अभागेए छोरो लाई न कुर्नु भनेर भनें । कींकर्तब्यबिमूढ म र मेरा आँखाहरु टोलाई रहे।


आमाले कहिलेइ सुख भोग्न पाउनु भएन। सधैं अभाव र अव्यस्था नै जिउनु भयो। जिन्दगी भर संघर्ष मै बित्यो। धेरै सपनाहरु बुनेको थिएं। जन्म दिने आमा को मुहार उजिल्याउने उपाय को खोजी गर्दै थिएं । समय यती निर्दयी हुदो रहेछ, काल यती क्रूर हुदो रहेछ । पिताजीको ऋण तिर्न सकेको छैन ( दशौं तक्मा ), आमा को दुध को ऋण कसरी तिरुं म ?



यस दु:खद घडीमा साझा र साझा चौतारीका शुभचिन्तकहरुको साझा समबेदना साहरा र सदभाव को लागि भित्री ह्रिदयदेखी आभार प्रकट गर्दै आज तेह्रौं दिनको पुण्य तिथिमा पुन: श्रद्धान्जली ।    
 


 
Posted on 11-17-09 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,
hardik sradhanjali ani sambedna.

 
Posted on 11-18-09 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pani, rahuldai
 
Posted on 11-18-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahuldai हार्दिक श्रदान्जली  अनी समबेदना
Wishing you and your family the strength and peace during this difficult time.

 
Posted on 11-18-09 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, आमाको आत्मा ले चिर शान्ती पाओस भन्ने कामना गर्दछु।  
यस दु:खद घडीमा हजुर र हजुर को परिवारलाई ईश्वरले  सहन शक्ती प्रदान गरुन।
 
Posted on 11-18-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hardik sradanjali!
 
Posted on 11-18-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाजु, नेप्ची तता जु,

जन्म बिया, थ:गु म्हसं हि च:ति हायेका, दुरु त्वंका, सुसाकुसा याना, कर्म व कर्तब्य पथय् अटल जुयेफयेक तिव: बिइम्ह मां बाहेक मेपिं सु दै धका । थ: प्वा: सुकू च्यूंसां, थ: वस हेलेहेले व:सां, थ: उसाँय मदया च्वंसा, थ: छुं छकु हे मदुसां थ: मस्तया नितिं सकतां पाइम्ह नं मां बाहेक मेपिं सु हे दै धका । थथे थ: मस्तया नितिं जीवन पापां सुख छु, आराम छु, वैभव छु धैगु तकं ल्व:मंका दु:खया सागरय् हे न्हिला न्हिला सकतां समर्पित याना बिज्याम्ह मां मत्यवं मदुगु न्यना तसकं दुख ताल। वसपोलया आत्मा सुखावति भूवनय् बास लायेमा धका मनं तुंसेँ दुनुगलं निसे बिचा: हायेका ।

भगवान सरन ।



 
Posted on 11-19-09 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै सह्रिदयी मित्रहरुमा यस दु:खद घडीमा साथ दिनु भएको मा आभारी छु ।
 
Posted on 11-19-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाई यस दुखद घडिमा तपाईँको साहस र धैर्यता कायमै रहोस भन्ने कामना सहित मातालाई हार्दीक समवेदना!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Ajay Kumar Dev sentenced to 378 yrs
Mamta kafle bhatt is still missing
TPS advance parole Travel document i-131, Class of Admission ?
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Tourist Visa - Seeking Suggestions and Guidance
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
advanced parole
TPS extension Petition!!!
Biden formally Stands Down!!!
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters