[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ७३~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE










[VIEWED 156500 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 08-28-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७३

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 73 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारी आईडल प्रतियोगिता
पून्टेदाइ:


अन्तरे:
क)

ख)

ग्वाँचे:


कुम्ले:


सुन्तले:

 
Posted on 08-30-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख है त चिप्ले, तिम्रो घर सिलवाल अंकलको घरतिर हो कि क्या हो तेसो भे?
 
Posted on 08-30-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनचाको पसल र लाखामरी किन्न जाँदा त चित्रेकै घर छेउ पुगिएको जस्तो छ त।
 
Posted on 08-30-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे मुला नि क्रिक्रेट् हेरि राख्या रैछ, मात्र मुला भन्थानेको त। पहिला नै भन्नु पर्दैन, क्रिकेटिया भाषा गफ गर्नु हुन्थ्यो नि। झन्डै दुष्ट छिमेकीले जिती सक्याथ्यो, स्याबास् केटाहरु हो, ठुल्दाईको इज्जतमा धक्का लागेन,
 
Posted on 08-30-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तेइ त दिप जी, तेतिबेला भुँइचालोले भत्काउन लाई घर ते थेनन तर त्यो खेतमा ला'को धानको बोट हल्ला'र सप्पै फलेको धान झारिदियो, मान्छेहरुले त्यो साल राम्ररी भात खान नपा'र बबाल, मेरो कुखुरा हरुलाई मोज। दिनभरी खेत्मा छोड्द्यो, झरेको धान ठुँगेर मलाई दाना किन्ने झन्झ्टबाट एक बर्ष छुट्टी। "

ए ल बल्ल अब कुरो बुझ्दै छु -- भुँईचालो अब माघाँ गो अनि बैशख तिर हो केरे भक्तेको ब्या गर्या -- अर्को नाति भक्ते भन्या -- माइलो को जेठो --हो तेइ बैसाखको दिन साँझ पनि पर्या छैन गर्मि नै छ -- जिम्माल ओढने ग्वम्ल्याङ्ग ओढेर आउँदै रछन --कैले हिन्छन कैले कुदछन -- के भो ए जिम्माल- यो गर्मीमा ओढ्ने ओडेर कता नी च्याप्या झै गरी? भनेर सोध्या --- मैले के च्याप्या कुरो गर्या उन्ले के च्याप्या बुझेछन --त्याँ खेतभरी बेबारीसे रछन अनि --फिस्स हाँसेर ओड्नीबाट कुखुरा पो झिक्याथे -- तेस्तो दुई चार चोटी गर्या देख्या थेँ --
 
Posted on 08-30-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो! हो! दुनियाँको भोट हावाँ उड्दै आ'र, खोजी कओजि मेरै तालुआँ चिप्लेर मेरै भोट बक्सा खस्दा हुन्! खूब!!

बरु आफ्नै भोट, उड्न सुड्न नि नपर्नि, आफ्नै तालुआँ चिल्परे अन्त गए होलान्! हेर, हेर! रात बरि नसुतेका रिट्ठे र मास्टर्नीका आँखा गोलभेंडा भन्दा नि राता!

जे होस्, गाईजात्राँ गाईजात्रे भोटिङ् भऐयो, रमईलो गरियो। अब सेलाम के रे केहि दिन।

आईडल नै अर्नि हो भुने, शुरु देखिको सम्पुर्ण सहभागीहुरलाई राखेर ONE NICK, ONE VOTE या त ONE IP, ONE VOTE सिस्टम बनाम्न पर्ला।

एक लाख नाधेका? मान्नै पर्नि हो मास्टर्नी को फ्यान बेस लाई चैं। लु, फेरि एक पटक मुरीका मुरी बधआई!
 
Posted on 08-30-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाटन को कुन चाँही भट्टि बको रहे होलान र पढ्ने बेलामा दरबार तिर घुमेर आएर अनि ६ बजेको फिल्म पनि भ्याएर अगाडि को शेर्पिनि को तोङ्बा मा छिर्ने अनि रथ तान्दै ठाम मा पुगिन्थ्यो १२ बजे
 
Posted on 08-30-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>होनचाको पसल र लाखामरी किन्न जाँदा त चित्रेकै घर छेउ पुगिएको जस्तो छ त।<<<
Exactly चिप्लु, त्याँ गल्लीमा टाउको नभएकी देवी छिन् नि (छिन्नमस्ता), हो त्यहीं हो!
 
Posted on 08-30-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यति माथि पुग्न पर्दैन ग्वाँचे।
 
Posted on 08-30-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाऽऽऽई, बधाइ छ गाला राउन्डाँ पुग्नु भा'कोमा!

अब केही दिनको विश्रामपछि मात्र गाला राउन्ड शुरू हुन्छ।सबै पर्तियोगीले दुइटा गाना गाम्नु पर्छ।
 
Posted on 08-30-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो पो दीप जी, म चाइ कुखुरा स्यालले लिएर जान्छ कि क्या हो भनेर सोच्थे, जिम्मले दुढा पो रैछन्, तीन चार वटा त कम हुन्थे दिन्मा!

भक्त्या ब्या मै हैन जिम्माल बुढा (तेतिबेला त लक्का जवान नै थे)ले जिम्मालनिलाई पटा'को?

अँ साँच्ची भक्त्या नाती त औरिका गा' थो दस बार बर्ख पैला, के छ हो तेस्को हालखबर, मिम सँग ब्या गाह्रो भन्ने सुन्या थे, हो?
 
Posted on 08-30-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छिन्नमस्ता नाम त सुने जस्तो लाग्छ चित्रे, तर सम्झना भएन।
 
Posted on 08-30-07 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, शेरचनको घर (डेरा??) छेउछाउ होला तेसो भे!
 
Posted on 08-30-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हो शेरचनको घर/ डेरा?
 
Posted on 08-30-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् पूण्टे दा अनि दीप जी।
चित्रेको कमाल देखिहाल्नु भो।
संबिधान सभाको चुनावमा भ्याइ न भ्याइ हुने भो चित्रे सोमलाई।
 
Posted on 08-30-07 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! राहुलदाइ! संविधानसभाको चुनावमा नि अनलाइन भोटिङ् गराउनु पर्ला उसो भए!

म त जासूसबाट ईलेक्शन स्पेशलिष्ट पो भएछु त!
Last edited: 30-Aug-07 04:38 PM

 
Posted on 08-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डेरा हो क्यारे शेरचन हो कि गौचन, मेरो एकदमै मिल्ने साथिको मामा हो, शुभतारा छिर्ने मोड मै थ्यो, पंचायतमा सहायक मन्त्री थ्यो क्यारे।

सि ए को घर र सिल्वाल्को घरको बिचमा घर भएका मान्छेहरुलाइ चिन्न त चिनिन्छ तर नाम याद भएन कसैको। तिमिले कहिले सानेपा छोडेको हो था' भेन्, अहिले नया घर बनाएको केहि मान्छेहरुलाइ चाइ चिन्छु।
 
Posted on 08-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी पढन नि भ्याईन
के सारो कुद्छ भनेको, गारो भो
हैन त्यो ह्वां ह्वां रुने smiley खै? त्यो यस्तोठांउ मा हाल्न खोजेको छैन
 
Posted on 08-30-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है केटा हो रमाइलो भो, रमाइलो गर्दै गर्नु, म चाइ ढले, भोली फेरी भेट्नु त छँदैछ।

चिप्ले, क्रमश:
 
Posted on 08-30-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गाम्लेहरु लाखा पाखा लागे। हिजो अस्ति सुइ राख्ने ठाम् हुन्न थ्यो आज अचम्मले कोइ छैन, मिस नानीको घरमा भोज त छैन। भोटमा जित्नु भयो रे नि त।
जे होस्, रमाइलो होस्।
तारेमाम्।
 
Posted on 08-30-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaaule haru ke hudai cha.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters