serial
Replies to this thread:
More by serial
What people are reading
Subscribers
Please log in to subscribe to serial's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 698]
[VIEWED 238056
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-20-08 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 02-20-08 10:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै पसारिइसके त होलान नि खै !
त्यै गोताएँ-दोख, दादा-किच्कण्डी र गालब-मुर्कटा बाहेक अधराताँ चौतारीयाँ नि को होला र !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-20-08 10:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-21-08 2:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 02-21-08 2:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-21-08 7:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले साथिहरु ताअाअाअाअाअाअाअाअाअाअा yamu darsan gare hai
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-21-08 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु ! के छ ताअाअाअाआ? बिहीवारे बंगलामुखिय जदौ।
ठुली चिया यामे नेपाल कहिले? सुन्तले के छ खबर?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-21-08 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल मैले चिया पिएको चैन।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-21-08 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्त्स, याम्स, ठुल्स र ठुल्स्दा, सबैलाई गुड मर्निङ, नमस्ते, तारेमाम, जदौ, दर्शन! जिम्माल बुढा नेपालतिर हुँइकिए रे भन्ने सुनियो, ढिलई भे नि मेरो पनि शुभकामना! चौतारी सतक मौसब त सिद्दिसक्यो क्यारे, तैपनि आज फेरी यस्सो एउटा जे पि टि टुक्रा पेस्ट्याउन मन लाग्यो। एउटा बिशेष उपहारचुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटको एक सर्को तानेको। एक सर्को चुरोटले पाँच मिनेटसम्म अनबरत खोकी लगाइरह्ह्यो, फोक्सोसम्म पुगेर नाकबाट फिर्ता आएको धुँवाले आँखाबाट पानी पनि बगाइरह्यो। तर केहि दिन पछि नै चुरोटसँग को नयाँ मित्रताले आफुले आँफैलाई स्टाइलिस र 'कुल' देख्न थालियो। कलेज पुग्दा सम्म त प्रोफेसनल चुरौटे नै भईसकिएको थियो। साथीहरु पनि सबै धुँवाका पारखी नै थिए, एउटा गजबको बातावरण हुन्थ्यो हाम्रो जमघटमा। धुँवाको गोलो गोलो चक्का बनाउने कम्पिटिसन र चारैतिरबाट फ्यान चलाएर बिचमा बसि चुरोट सल्काउने कम्पिटिसन सँधै जस्तो भई नै रहन्थे। हरेक पिरियड पछि पाँच मिनेटको चुरोट ब्रेक लिन हाम्रो ग्रुप हुलै बाहिर निस्किन्थ्यो। चुरोट नतान्ने केटाहरुको अगाडि आफुलाई सुपेरियर ठान्दै ति केटाहरुलाई पाखे र अनकुल सम्झियिन्थ्यो। केटीहरुलाई चुरोट पिउने स्टाइलिस केटाहरु मन पर्छन भन्ने भ्रम त्यतिबेला भङ्ग भयो जतिबेला देखि स्नेहा मेरो जीवनमा आइन। एउटै क्लासमा पढ्ने हामीहरु कतिबेला राम्रो साथी बनिसकेछौं, थाहै भएन। स्नेहा मलाई नोट बनाउन देखि लिएर प्र्याक्टिकल फाइल अपडेट गर्न र अरु व्यबहारिक कुराहरुमा संधै सहयोग गर्थिन।
जहिले पनि स्नेहाको कम्प्लेन मेरो चुरोट पिउने बानी, चुरोट गन्हाउने श्वास, चुरोट्ले प्वाल परेका लुगा र चुरोट प्रतिको अति-आसक्ती नै हुन्थ्यो। अर्थात चुरोटसँग सम्बन्धित मेरा हरेक कृयाकलापप्रति स्नेहाको गुनासो हुन्थ्यो। स्नेहाको मन राख्न चुरोट छोड्ने धेरै प्रयास गरे तर दुई तीन दिन भन्दा बढि चुरोटसँग अलग्गिन कहिल्यै सकिएन। अब त चुरोटप्रति आँफैलाई पनि त्यति लगाव त थिएन तर सजिलै सकिंदैन रहेछ चुरोट छोड्न।
पढाई सकेर ब्यबहारिक दुनियाँमा प्रबेस गर्दा स्नेहा मेरी जीवनसाथी भईसकेकी थिइन। बिहेभन्दा पहिला उनले मलाई चुरोट छोडाउने धेरै प्रयास गरेकि हुन तर सफलता हाल नलाग्दा उनले मेरो चुरोट पिउने बानिसँग सम्झौता गर्नै पर्यो। चुरोट हाम्रो सम्बन्धको बिचमा तगारो बन्न सकेन भन्दा पनि हुन्छ तर स्नेहाका पुराना कम्प्लेन अध्याबधिक भई नै रहन्थे। चुरोट छोड्छु भन्दा पनि साथीहरुको संगतले गर्दा फेरि सुरु भई नै हाल्थ्यो। अफिसमा पनि धेरैजसो साथीहरु स्मोकर नै थिए, अफिस बाहिर त झन मेरा पुराना मित्र मन्डलीहरु छँदै थिए। अझै पनि विकएन्डमा र अरु कुनै जमघटमा तिनै पुराना धुँवाको चक्का बनाउने र फ्यान चलाएर चुरोट जलाउने कम्पिटिसनहरु भई नै रहन्थे।
त्यो दिन शायद एक रात भरिमा सबैभन्दा बढी चुरोट पिएको थिए मैले। स्नेहा डेलिभरी रुमभित्र थिइन, डाक्टरले केस कम्प्लिकेट भएको कुरा बताएका थिए। नर्मल डेलिभरी हुन नसक्ने हुनाले सिजेरियन गर्नुपर्ने थियो र त्यो क्रममा धेरै समय लाग्यो। अस्पातलभित्र चुरोट पिउन नपाउने हुनाले म हरेक पाँच मिनेटमा बाहिर पार्किङमा आएर गाडीमा बसेर चुरोट पिउँदै भित्र जाँदै गर्दै थिए। टेन्सनको बेलामा सधैं धेरै चुरोट पिउँने बानी थियो। बिहान पाँच बजेतिर बल्ल मेरो टेन्सन सिद्धियो जब डेलिभरी रुमबाट बाहिर आएर नर्सले म बाबा बनेको र स्नेहा र बच्चाको स्वास्थ्य राम्रो भएको खुशीको कुरा सुनाइन। स्नेहाको हातबाट पहिलोपल्ट छोरीलाई मैले आफ्नो हातमा लिंदा स्नेहाले मतिर हेरेको प्रश्नवाचक नजरले 'रातभरि कति चुरोट पिइयो?' भनेर सोधेको मैले थाहा नपाउने कुरै थिएन। यो प्रश्नको उत्तर मैले दिइरहनु पर्ने जरुरी पनि थिएन किनकि मेरो मुख र कपडाहरुबाट आइरहेको चुरोटको गन्धले सबै कुरा बताइरहेको थियो।
घरमा छोरीको आगमन पछि मैले फेरि एकचोटि चुरोट छोड्ने कोशीस गरें तर सकिएन। चुरोट छोड्न नसके पनि छोरीको स्वस्थमा नराम्रो असर पर्छ भनेर कमसेकम अब घरभित्र चुरोट पिउन पाउने ठाउँहरु सिमित गरिए। मैले चुरोट पिउनु पर्दा बाहिर चौरमा अथवा बाल्कोनिमा गएर मात्रै पिउनु पर्ने अघोसित नियम बन्यो। हुन त चुरोट पिउन बाहिर निस्किन गार्है हुन्थ्यो, झन जाडो महिनामा त महाभारत नै हुन्थ्यो राती बाहिर निस्कन, तर छोरीको लागि मैले त्यती त गर्नै पर्थ्यो। अब मेरा साथीहरुले पनि मेरो घरमा आउँदा घरभित्र चुरोट पिउन नपाईने नियम बन्यो। कहिलेकाही साथीहरुले ' कसैको घरमा नभएको नियम तेरै घरमा रैछ', भनेर ब्यङ्ग हान्थे तर छोरीको स्वास्थको लागि अलिकति ब्यङ्ग सहनु कुनै ठुलो कुरा थिएन। मैले छोरीसँग खेल्दा, शायद चुरोट गन्हाएर होला, नमिठो मुख बनाउँथि। स्नेहाले कर गरिरहन्थिन चुरोट पिउन छोड अथवा कमसेकम पिउन कम त गर भनेर। तर जति कोशीस गरें पनि सबै ब्यर्थ मात्रै हुन्थ्यो। अब त मलाई पनि चुरोटसँग को मेरो लामो सहवास टुङ्याउन साँच्चिकै मन लागिसकेको थियो। मैले 'चुरोट कसरि छोड्न सकिन्छ' भन्ने आसयका धेरै लेखहरु पढे, आयुर्बेदिक औषधीहरु पनि प्रयोग गरे, पत्रिकामा छिनभर मै चुरोट छोडाइन्छ भन्ने आसयका बिज्ञापन दिने ठाउँहरुमा पनि संपर्क राखे तर खासै उपलब्धि कतैबाट पनि भएन। जे होस सकेसम्म चुरोट पिउन कम गर्ने कोशीस भने जारि नै थियो। आमाको देखासिखी गरेर होला छोरी पनि अलि ठुलि हुँदै गए पछि मेरो चुरोटको बट्टा, लाइटर, सलाईहरु लुकाउने र कहिलेकाही मेरो मुखबाट चुरोट झिकेर फाल्दिने जस्ता कृयापलापहरु गर्थी। मलाई पनि छोरी कै लागि भए पनि चुरोट छोड्ने मन त थियो तर अहँ चुरोट छोड्न अपनाएका कुनै पनि उपाए काम लागेनन।
यस्तैमा एकचोटि अफिसको कामको सिलसिलामा भियतनाम जानु पर्ने भयो। जाँदा खेरि एक हफ्ता ब्याङ्ककको रिजनल अफिसमा ओरियन्टेसन, पछि तीन हफ्ता भियतनाममा वर्कसप संचालन गर्नुपर्ने । फर्किंदा फेरि रिपोर्ट बुझाउने र अरु प्रकृयागत कामको लागि एक हफ्ता ब्याङ्ककमा बस्नुपर्ने। रिजनल अफिस नै ब्याङ्ककमा भएको हुनाले धेरैचोटि ब्याङ्कक र प्यासिफिक क्षेत्रका अरु पनि देशहरुको भ्रमण गरेको भएता पनि भियतनाम मेरो लागि बिल्कुलै नयाँ देश थियो। साठीको दसकको युद्द र छाते टोपी लगाएका मान्छेहरु, मेरो दिमागमा यही बिम्ब थियो भियतनामको। हरेक पल्टको बिदेश भ्रमणमा जस्तै यसपालि पनि स्नेहाको लागि के के ल्याउने, छोरीको लागि के के ल्याउने अनि परिवारका अरु सदस्यहरुको लागि के के ल्याउने भनेर लामै लिस्ट बन्यो। छोरी भरखरै किन्डरगार्टेन जान सुरु गरेकि हुनाले उसको लिस्टमा कपडा र चकलेट बाहेक स्कुल ब्याग, सिसा कलमको सेटजस्ता स्टेसनरी सामानहरु पनि थपिएका थिए।
हो चि मिन्ह सिटिको भब्य एअरपोर्टमा पहिलोपल्ट उत्रिदा मैले सोचेको भन्दा धेरै फरक भियतनाम देखियो। युद्दले जरजर पारेको भए पनि छिट्टै धेरै प्रगती गरिसकेको रहेछ, कमसेकम नेपालको तुलनामा। सानै भए पनि हो चि मिन्हले कता कता बेइजिङ र ब्याङ्ककको झल्को दिन खोज्दो रहेछ। एअरपोर्टमा मेरो नेपाली पासपोर्ट देखेर नेपाल भनेको देश कहाँ पर्छ भनेर त्यहाको कर्मचारीले सोध्दा एकछिन अचम्मको माहौल बन्यो। अन्तरराष्ट्रिय बिमान्स्थलमा काम गर्ने मान्छेले यस्तो प्रश्न सोध्दा नरमाइलो लाग्यो तर पछि अर्को कर्मचारीले अहिलेसम्म नेपालबाट एकदमै थोरै यात्रीहरु मात्रै भियतनाम आएका हुनाले धेरै जसो मान्छेहरुलाई नेपालको बारेमा त्यति जानकारी छैन भनेर प्रस्टिकरण दिएर माफि माग्यो।
राती हामीहरु सबैको लागि होटेल मै सानो पार्टी आयोजना गरिएको थियो। तर शायद नेपालबाट म एकजना मात्र भएको र भियतनामीहरुलाई नेपालको बारेमा राम्ररी थाहा नभएको हुनाले होला मेरोलागि खान पिउन लायक केहि पनि थिएन। गाइको मासुका परीकार, बिभिन्न किरा फट्याङ्राहरुका परीकार र सबैभन्दा मुख्य आकर्षण थियो, टेबलको बिचमा पकाएर गोलो पारेर राखिएको अजङ्गको सर्प । अझ त्यो सर्पको मुख आँsss गरेर डेकोरेसनको लागि एउटा चेरी पनि घुसाइएको थियो।
खाना देखेरै बान्ता आउला जस्तो भयो। अर्को दिनदेखि मेरोलागि खान लायक परिकारको लिस्ट दिएपछि मात्रै मेरोलागि छुट्टै खानाको ब्यबस्था गरियो, नत्र तीन हफ्ता कि भोकै बस्नु पर्ने थियो नभए हिजोको जस्तै भियतनामी खाना खानु पर्ने थियो।
वर्कसप राम्रैसंग चलिराखेको थियो। हुन त हरेक दुई तीन दिनमा घरमा फोनमा कुरा भईरहन्थ्यो तर 'त्यो दिन' बिशेष थियो। बिशेष भन्दा पनि डबल बिशेष भनुँ न, त्यो दिन मेरो छोरीको जन्मदिन थियो र संयोगबस नेपालि मिति अनुसार हामी बाउ छोरीको जन्मदिन एकै दिन पर्छ। तसर्थ त्यो दिन हाम्रो लागि सधैं डबल सेलिब्रेसनको दिन हुन्छ। पहिलोपल्ट म छोरीको जन्मदिनमा छोरीभन्दा टाढा थिए तसर्थ फोन मै भए पनि छोरीलाई बर्थ डे विस गरेर चित्त बुझाए। फोन मै मैले छोरीलाई फर्केर आउँदा बर्थडेको उपहार के ल्याइदिउँ भनेर सोधेको थिए। छोरीलाई जन्मदिनको उपहारको बारेमा सोध्दा मेरी चार बर्षकि अबोध छोरीले एउटा अचम्मको उपहार मागिन। आफ्नो मायालु तोते बोलीमा मेरी छोरीले निर्दोस आग्रह गरिन, ' बाबा फर्केर आउँदा चुरोट नखाने गरेर आउनु है, मेरो बर्थ डे गिफ्ट!'
छोरीको आग्रहले म जहाँको त्यँही फ्रिज भएछु, केही बोल्न सकिन, छोरी उताबाट 'बाबा.....बाबा' भन्दै थिइ क्यारे ! जलाएर राखेको चुरोट कुन बेला हातबाट भुँइमा झरेछ थाहै भएन, आँखा पुरै भिजिसकेछन। हुन त स्नेहाले गर्दा नै छोरीले पनि सिकेकी हो मेरो चुरोट पिउने बानीप्रति कम्ल्पेन गर्न तर यो उपहार उसले आँफैं मागेकी हो कसैले नसिकाइ। छोरीको निर्दोस आग्रह मेरो मुटुमा, मेरो दिमागमा यसरि स्ट्राइक भयो कि त्यही दिन हुन गयो चुरोट र मेरो लामो सहवासको अन्तिम दिन, त्यसपछि अहिलेसम्म मैले चुरोट छोएको पनि छैन।
अहिले सात बर्ष भयो मेरी छोरीले आफ्नो जन्मदिनमा त्यो 'बिशेष उपहार' मागेको र यि सात बर्षभित्र मैले आफुभित्र एउटा नयाँ उर्जा थपिएको महसुस गरेको छु, शब्दले बर्णन गर्न नसकिने एउटा अलौकिक अनुभुती। अझै पनि साथीहरुका जमघट हुन्छन, पहिला जस्तो चुरोट जलाउने अथवा धुँवाको गोलो चक्का बनाउने कम्पिटिसन नभए पनि मुख्य आकर्षण त चुरोट नै हुन्छ तर पहिला जस्तो सबैले त्यहा चुरोट पिउनै पर्छ भन्ने अघोसित नियम अब परिमार्जन भईसकेको छ। साथीहरुले कहिलेकाँही ' तँ जस्तो चुरोटको पारखिले पनि कसरि चुरोट छोड्न सकिस?!! ' भनेर सोध्छन । म उनिहरुलाई जवाफ दिन्छु, ' छोड्छु भनेर मात्रै हुँदैन रहेछ, कुनै पनि कुलत छोड्न ठीक समयमा ठीक ठाउँमा साइकोलोजिकल झट्का लाग्नै पर्दो रहेछ'।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-21-08 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Good morning चौतारी !!! " केटीहरुलाई चुरोट पिउने स्टाइलिस केटाहरु मन पर्छन ..... " कत्रो ठूलो भ्रम रहेछ, धन्न छिटै तोडिएछ । बधाइ छ, कुलत छोड्न सक्नु भएकोमा !!
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-21-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! सुन्तले, यामे, ठूली, राहुलदाइ, ग्वाँचे, चेली सबैमा जदौ! ग्वाँचू बाजे, तपाइको कथा दामी गयो। तपाइको कथा लेखन शैली, कल्पनाशीलता बेजोड छ। आधुनिक र समसामयिक कथाहरूले समाजका थुप्रै विसंगति, समस्याप्रति तपाइले उठाउनुभएका प्रश्नले गर्दा तपाइको कथा उच्चकोटीमा पर्दछ। हरेक ठाउँका वास्तविकतासँग मेल खाने वर्णन गर्ने खूबी तपाइमा छ। जस्तो कि यसमा भियतनामको वर्णन। तपाइका कथाहरू मध्ये मलाइ ९-११ को कथा साह्रै मार्मिक लागेको थियो, उक्त कथा लेख्दा तपाइले अमेरिका भ्रमण गर्नुभएको थिएन क्यारे, तैपनि वर्णन यति स्पष्ट र वास्तविक लाग्थ्यो कि तपाइ आफैंले देखे भोगेर लेख्नुभएको जस्तै। अनि मार्मिकता र दु:खलाइ दर्शाउने क्षमताको त कुरै नगरूम्, तपाइको कथा पढ्दा बेला बेलामा मुटु गाँठो पर्न थाल्छ, कहिले काहीं त आँखामा आँसु आउँछ। शतकांकको 'अलिखित कथा' भन्ने कथा निक्कै नै समसामयिक एवं दर्दनाक थियो, हरेक कुराको डिटेलमा गरिएको वर्णन र समय, साल आदिको ठीक क्यालकुलेशनले तपाइको कथालाइ एकदम यथार्थपरक र शिक्षाप्रद बनाउने गर्छ। तपाइको यस कथाले पनि हाम्रो समकालीन समाज, अवस्थाको सरल अनि आधुनिक भाषामा चित्रण गर्छ। सबैको जीवनमा, वरिपरि घटिरहने घटनालाइ तपाइले निकै मज्जाले कथामा रूपान्तरण गर्नुहुन्छ। अरू पनि कथा पढ्न पाइने आशामा छु। हे हे! अनि यो कथा 'चिलीम समाज'को लागि चैं गतिलो जवाफ हो!
Last edited: 21-Feb-08 08:59 AM
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-21-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले, यामे, ठूली, राहुलदाइ, ग्वाँचे, चेली अनी चित्रे सप्पै लाई बिहीवारे जदौ। ग्वाँच ज्यु को कथा एकदमै राम्रो छ्। आफु ले पनि छाड्नु त पर्ने हो तर छोरी को ब्रथ्डे त धेरै टाढा छ्, पहिले त छोरी हुने नै कहिले हो। बुढी ले त भन्दा भन्दा आजित नै भाई सकिन, अब हेरुम तेस्तै कुनै कुरा ले स्ट्राइक गर्यो भने म पनि दोश्रो हुला।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-21-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 21-Feb-08 11:44 AM
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 02-21-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात! चौपारी साझी! कत्ती बासी खानु, कैले काईं त साझी पुनी खाम न है, कि कसो ?
:-)>
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-21-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
दिल दुखाइ गयौ कि?मन् रुवाइ गयौ? चुप चाप पाइला मोडी मुटु चूडाई गयौ
अभिवादन!!
शुभ-प्रभात!!चेली, चीत्रेभाइ,राहुलदाई,सुन्तले,याहू,ईश्वर अनि विष्टेजी
ग्वाँचेभाई,
बिशेष उपहार राम्रो लाग्यो । बेला बेलामा यस्तै उपहारहरु पाउदै गरुम न अरु पनि ल ---चौतारीमा झर्दा रमाइलो लाग्छ
Last edited: 21-Feb-08 09:22 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्वाँचू बाजे कथा एकदमै राम्ररो गयो, यक्दमै सान्दर्भिक। चित्रेले ठिकै भन्यो अब चिलिम समाज ले के भन्छ, हाम पनि सुनौन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-21-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम भन्न बिर्सेंछ, तारेमाम सबैलाई, सुन्तले, ठुलि , यामु, ठुल्दै, चित्रे, चेली, ग्वाँचू बाजे, बिस्टे,ईश्वर, मिस दिदी, लगायत अरु सबैलाई,
Last edited: 21-Feb-08 09:25 AM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-21-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
gwache kyaa daami lekhnu bhaeko. euta kura bhanum malai churot khaane ketaaharu man pardaina re kyaa khit khit khit chitre badarrrrrrrrrrrrrrrrrrrrr, biste ani aru lai ni darsan garehai ta.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-21-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई नमस्ते! ग्वाँचु पाट को चुरोटको कथा-ब्यथा राम्रो लाग्यो, धन्यवाद सबै जानलाई सञ्चै हो ? आज ठुलि किन चुप?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-21-08 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो बिर्खे दा त्यो उद्ने चिलमा बसेर बहिराको सिन हेर्दै दङ परिराको होला। बिर्खे दाअाअाअाअाअा मैले त बिर्खे दा लाइ अहिलेनै मिस गर्न थालि सके। लभु यु बिर्खे दा मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
I hope all the fake Nepali refugee get deported |
Travel Document for TPS (approved) |
Those who are in TPS, what’s your backup plan? |
MAGA and all how do you feel about Trumps cabinet pick? |
All the Qatar ailines from Nepal canceled to USA |
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस ! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|