[VIEWED 4601
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
grishma
Please log in to subscribe to grishma's postings.
Posted on 12-11-08 11:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि कहिले जाँदै छ त ऊ? आलोकको यो प्रश्नको जवाफ मन्दिराले सटिक शब्दमा दिई "अब धेरै दिन पर्खनु पर्दैन" र फोन राखी। मन्दिराको जवाफले आलोक मन मनै रोमान्चित भयो, उस्ले पुषको चिसो रातमा कता कता न्यानो महशुस गर्यो। केही दिन पछिका कल्पनाका रातहरु उस्को वरिपरी झुम्मिन थाले। जाडो बिदामा ऊ काठमाडौं नछोड्ने निर्णय गर्यो र घरमा श्रीमतीलाई खबर पठायो "अहिले म घर आउन नपाउने भएँ, पाँच हजार पठाको छु बाबुको स्कुलको फी तिरिदिनु, घरखर्च चलाउँदै गर्नु म पछि फेरी पठाइदिउँला।" अर्थ बिभागको सुब्बा आलोक अली अली हिसाब तलमाथि पार्न सिपालु नै थियो। तलबले आफ्नो खर्च धान्न गाह्रो भए पनि महिनाको दश आठ हजार घरमा पठाएकै हुन्थ्यो। तर यसपाली भने दुई महिना पछि पठाउदा पनि मात्र पाँच हजार ! उस्की श्रीमती आश्चर्य नपरेकी होइन तर ऊ भित्र आलोक प्रती अगाध विश्वाश छ। त्यसैले उस्ले त्यती चासो दिइन यो कुरालाई। आलोक मन्दिराको माइती तिरको मान्छे हो। अलिकती चतुर, सजिलै अरुको विश्वाश जित्न सक्ने खुबी भएको र ब्यक्तित्वको धनी जस्तो लाग्ने ऊ पर्दा अरुलाई नसघाउने मान्छे पनि होइन। पोहोर साल मन्दिराको बिहेको कुरा चल्दा केटा पक्षको बारेमा सोधखोज गर्ने उही थियो। मन्दिराको बिहे पछि मैतिदेवीमा कोठा खोजिदिने र बसोबासको ब्यबस्था मिलाइदिने पनि उही नै थियो र बेलामा बेलामा फोनमा सुनाइ रहन्थ्यो- मलाई टाढाको सम्झनु पर्दैन, साह्रोगाह्रो पर्दा सम्झिनु, त्यस्तै बेलामा त होनी आफ्नो मान्छे काम लाग्ने भनेको। मन्दिरा बडो कलात्मक अभिनय गर्दै जवाफ फर्काउँथी- हो नी दाजु हामीलाई केही पर्दा सम्झने भनेको हजुरलाई नै त हो नि। देख्ने सुन्नेलाई संगोलको दाजु बहिनिको भन्दा नजिकको लाग्थ्यो यिनिहरुको सम्बन्ध। तर फोनमा बाहेक भेट्घाट खासै गर्दैनथे न त सहयोगको आदान प्रदान नै हुन्थ्यो। एउटै पेट्बाट झरेको दाजुले दुई चार पैसा सहयोग नगर्दा काठमाडौंमा बोर्डिङ्का केटाकेटीलाई होम ट्युशन पढाएर दु:खले M.Sc. गरेको बिक्रम आलोकको सद्भाबप्रति नतमष्तक थियो। उता पर्ने जेठानको उस्तो मिजास यता एउटै लाम्टो चुसेको दाजुको भाईप्रति यस्तो अबिश्वास। आफ्नै श्रीमतीप्रति लज्जित ठान्थ्यो बिक्रम यो कुरामा आफुलाई। क्रमश...
|
|
|
|
hundari
Please log in to subscribe to hundari's postings.
Posted on 12-12-08 6:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i am here reading your story. go ahead.......
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-12-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्रिश्मा जि - म पनि पढ्दै छु है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-12-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो मजाले लेख्ननुभयो तर किन यस्तो छोटो? थपौँ है?
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-12-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो थपौँ न
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-12-08 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो सलल बगिराको कथा लाई बिचै मै रोक्या हो ग्रिस्मा। ल चिट्टै राख्नु होला अर्को भाग अनी अलिक लामो ल ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-12-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्रिष्मा को करिश्मा अर्थात सनसनीखेज कथा पढियो, २ पटक । थोरै कुरा ले धेरै भनी सक्नु भए छ। छिटो पस्किनु होला।
|
|
|
Bhakte
Please log in to subscribe to Bhakte's postings.
Posted on 12-12-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो मा हो मिलाउन म पनि आए । थपौ थपौ चाडो आर्को भाग ।
|
|
|
grishma
Please log in to subscribe to grishma's postings.
Posted on 12-12-08 4:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माघ महिनाको चिसो रात,तर जिन्दगीकै महत्वपूर्ण रात, त्यो सुहागरातमा एक अर्काको अंगालोमा बेह्रिएर निकै न्यानो महशुस गर्दै बिक्रमले मन्दिरालाई भनेको थियो- हेर मनु, म त मरुभुमीमा संघर्षले हुर्केको सिउँडी जस्तो हुँ, तिमी जस्तो बलियो आधारस्तम्भ जिबन साथीको रुपमा पाउँला भन्ने कल्पना सम्म पनि गरेको थिइनँ। आज मैले संसार जितेको महशुस गरिरहेको छु। मेरो इमान्दारितालाई नै सबथोक ठानेर तिम्रो हात मलाई सुम्पने तिम्रो ड्याडी ममी प्रती धेरै आभारी छु र आज काँधमा ठुलो चुनौती सहितको जिम्मेबारी बोध गरेको छु। पहिलो पटक अब संसारमा एक्लो छैन भन्ने लागेको छ अनी सबै भन्दा ठुलो कुरा त जिन्दगीमा एकै पटक यती धेरै माया पाउन थालेको छु। यी सबै कुराले मलाई केही गर्न उत्प्रेरित गर्ने छन। मैले आफ्नो पहिचान बनाउनु छ। त्यो तिम्रो लागि मेरो तर्फबाट सम्मान पनि हुने छ। बिक्रमले त्यो रात यस्तै यस्तै कुराहरु गरेर मन्दिरालाई आफ्नो दु:खदायी बिगत र सुन्दर भबिष्यको सपना सहितको द्रिढ संकल्पहरु सुनाउदै गयो मन्दिरा सुन्दै गई। सहानुभुति जस्ता लाग्ने मन्दिराका जवाफ पनि निकै आत्मिय थिए। बिक्रम, संसारमा सबैभन्दा ठुलो धन पौरख हो संघर्ष हो र इमान्दारिता हो। यि कुराहरु न धनी बाउले आफ्नो छोराको लागि किनिदिन सक्छ न त डांकाले अरुबाट लुटेर लिन नै। यो सब हजुरमा छ, हजुर प्रगतिको बाटोमा हुनुहुन्छ र म हजुरकी सहयात्री बनेर आएकी छु, सफलताले हामीलाई कहीं पर्खेको हुनु पर्छ हामी भेटदै जाने छौं सफलताका श्रेणीहरु यो यात्रामा। यो जमानामा हजुर जस्तो इमान्दार पति पाउनु मेरो लागि सानो सौभाग्य होइन, सायद् सीता र पार्वती पनि यती सौभाग्यवती थिएनन् होला। म आज खुशीको सीमा पार गर्दै छु हजुरको अंगालोमा अनी यो न्यानो छातीमा। युनिभर्सिटीमा बिक्रमको निकै प्रसंशा हुन्थ्यो गुरुहरुबीच अनी साथीहरु बिच उस्तै चर्चाको बिषय थियो ऊ। आफुले पढेको युनिभर्सिटीमा पार्टटाइम क्लास लिंदै गर्दा थोरै समयमै बिद्यार्थीहरुबाट पनि वाह् वाह् बटुलिसकेको थियो। यि सबै कुराहरुले उस्लाई इमान्दार रहेर काम गर्न निकै उत्प्रेरणा थपेका थिए। सानो छँदा आकाशमा जहाज उडेको देखेर बाबालाई सोधेको थियो रे -बाबा, जहाज कसरी उड्छ? साक्षर मात्र उस्का बाबाले के जवाफ दिनु! भनेछन जहाज मान्छेले उडाउँछन। त्यही बेला देखी उस्को मनमा जहाज उडाउने मान्छे बन्न रहर लागेको थियो रे। तर आर्थिक स्थितीले गर्दा ऊ पाईलट बन्न नसकेकोमा अहिले पनि पछुताउँछ। अब उस्को धोको भौतिक विज्ञानमा Ph.D. गर्ने र प्रोफेसर बन्ने हो। त्यसै अनुरुप उस्ले M.Sc. सके पछी अमेरिकामा Ph.D. को लागि आबेदन गरेको थियो। एक दिन बिक्रमले अमेरिकाको एउटा राम्रो युनिभर्सिटिबाट आफु स्प्रिङ्ग सेमेस्टरको लागि भर्ना भएको इ-मेल पायो। इ-मेल पाए पछि दुबै जना निकै खुशी भए त्यही खुशीमा मन्दिरालाई अंगालोमा बाधेर निकै बेर चुमिरह्यो र भन्यो- मेरो सपना पुरा हुने भो मनु, ड्याडी ममीलाई सकेसम्म छिटो फोन गरेर खुशीको खबर सुनाउ ल अनि हाम्रा सबै आफन्त र विशेष गरी आलोक दाजुलाई पनि। क्रमश...
|
|