रक्ताम्मै हुनेगरी घरको भित्तामा टाउको ठोक्काइदिए । ‘खुबै नेता बन्ने रहर छ हैन ?उम्रन पाएको छैन तीन पात ?’ भन्दै कपाल भुत्लाए । झापड हाने । अनि हत्कडी लगाइदिए । छोरीले गुहार मागिरहेकी थिइन् । ‘मेरी छोरीको केही गल्ती छैन । मआफैपनि भूपू आर्मी हो हजुर । मेरी छोरीलाई छोडिदिनुस् । त्यो निर्दोष बच्चीलाई के गर्नुभएको ? बरु मलाई सजाय दिनुस् ’ भन्दै मैले उनीहरुलाई रोक्न खोजें । तरउनीहरुले ‘बढ्ता बोल्छस्’ भन्दै मलाई पर हुत्याइदिए । अनि टाउकोमा लात्ताले हाने । गुहार माग्दै रोइरहेकी छोरीको पनि मुख बाँधिदिए । हामीलाई सहयोग गर्नकोही छिमेकीहरु पनि आएनन् । बरु डरले ढोका लगाएर बसे ।
झमक्क साँझ पर्दै थियो । वरपर झयाउकिरी कराउदै थिए । उनीहरुले छोरीलाई आँगनमा लडाएर राखेका थिए । केही घरभित्र पसेर सामान फुटाइरहेका थिए ।छोरी झण्डै बेहोस अवस्थामा थिइन् । बेलाबेलामा उनीहरुले अश्लिल शब्द प्रयोग गर्दै छोरीको शरिरमा लात्ति हानिरहेका थिए । मैले आँशु बगाउदै भगवानसँग प्राथनागरें । तर केही सिप लागेन । उनीहरुको कमाण्डरले मेरी छोरीलाई घिसार्दै लैजान आफ्ना सिहाहीहरुलाई आदेश दियो । उनीहरुले छोरीलाई यसरी घिसारे कि मन्दिरमाबलि दिएको पशुलाई पनि यसरी घिसारिदैन । मैले भगवानसँग हात जोड्दै भनें –‘हे भगवान, मान्छेका रुप धारण गरेका यी पशुहरुबाट कस्तो अत्याचार सहनु पर्यो ।के यीनका घरमा कोही दिदीबहिनी, छोराछोरी छैनन होला । आज जीवनमा नखाएको बिष पनि लाग्यो ।’
कमाण्डरको आदेशमा छोरीलाई घर नजिकैको बाहुन डाँडामा लगे । म पनि हारगुहार गर्दै पछि लागें । उनीहरुले एक किलो मिटर अघि बढेर आए सिधै गोलिठोक्ने धम्की दिएका थिए । तैपनि म अलिक परबाटै लुक्दै लुक्दै उनीहरुको पछि लागिरहेको थिएँ । अलिक पर पुगेपछि उनीहरु रोकिए । म घारीमा लुकेर सबै दृश्यहेरिरहें । पटकपटक भगवानसँग प्राथना गरें । पुरै पृथ्वीले नै थिचे जस्तो भो । सास नै रोकिएला जस्तो भो । म लाचार बाबु झाडीमा लुकेर छोरीमाथि भइरहेकोअन्याय रुदै हेरिरहेको थिएँ । उनीहरुले मेरी बेहोस छोरीलाई बलात्कार गर्न थाले । मैले हेर्न सकिन । आँखा छोपेर घोप्टो परेर रुन थालें । विगतमा म आर्मी भएरदेशको सेवा गर्न पाउँदा आफुलाई निकै गर्व लाग्थ्यो । तर आज त्यही पेशा प्रति अत्यन्तै घृणा लाग्यो । यस्तो दिन आउला भनेर मैले कल्पनासम्म पनि गरेको थिइन। यस्तो जागिर त दुस्मनले पनि नखाओस् जस्तो लाग्यो ।
४ जनाले पालैपालो बलात्कार गरेपछि पनि उनीहरुले फेरी कुटे । बन्दुकको कुन्दाले, बुटले , लठ्ठीले । मेरा हातखुट्टा लुला भइसकेका थिए । मलाई भगवान प्रतिपनि घृणा जाग्यो । छोरीको प्राण अझै बाँकी थियो । सिमसिम पानी पनि पर्न लाग्यो । अब त छाडिदेलान् कि भन्ने लागेको थियो । तर उनीहरु भिरबाट धकेलेर मार्नेकि गोली ठोक्ने भन्ने विषयमा सल्लाह गर्न लागे । मैले मनमनै भनें –‘छोरी, उनीहरुले तिमीलाई भिरबाट फ्याकेभने तिम्रो बाबाले काँध थापेर भएपनि तिमीलाईबचाउनेछ चिन्ता नगर । ’
पानी दर्कन थाल्यो । उनीहरुले छोरीलाई भिरबाट धकेलेर मार्ने निधो गरे । त्यो सुन्नासाथ म बाहुन डाँडाको देब्रे पट्टीको भिरतिर दगुरें । पक्कै यहीबाट छोरीलाईहुत्याउलान् भनेर पाँचसय फिट मुनीपट्टी पुगेर हात थापेर बसें । उनीहरुले छोरीलाई घिसार्दै भिरको माथिपट्टी ल्याए । पानी परिरहेकाले के के कुरा गर्दै थिए बुझिएन ।एकजनाले ‘ड्याम्म’ लात्तिले हानेर छोरीलाई भिरबाट धकेलिदियो । छोरीले ‘बाबा’ भनेजस्तो लाग्यो । म लाचार बाबु छोरीको जीवित शरिर हातमा पर्ला कि भनेरभिरमुनी हात थापेर बसिरहेको थिएँ । तर मैले छोरीलाई बचाउन सकिन । छोरीको शरिर भिरबाट तल झरेको मैले आफ्नै आँखाले देखें । म दौडदै र लडिबुडी गर्दै भिरकोखोंचमा पुगें । खोंचमा छोरीको शरिर अड्किएको रहेछ ।
मैले छोरीलाई अंगालो हालेर निकैबेर बोलाएँ । तर उनको प्राणपखेरु उडिसकेको रहेछ । यिनै हातहरुले उनलाई पालन पोषण गरेर हुर्काएको थिएँ । यिनै हातसमात्दै छोरी स्कुल जान्थिन् । यिनै हातमा छोरीको मृत शरिर बोकेर म निकैबेर रोएँ, चिच्याएँ, पापीहरुलाई गाली गरें । घरबाट आर्मीले लिएर लछारपछार गर्दैलैजादा छोरीले ‘बाबा’ भनेर चिच्याएको मेरो कानमा गुन्जिरह्यो । म केहीबेर त्यही बेहोस भएँ । पछि आकाशबाट झरेको चिसो पानीका कारण म ब्युझिएँ । अनिछोरीको लास बोकेर घर फर्किएँ ।
मध्यरात हुन लागेपनि गाउँमा त्रासदीका कारण कोही सुत्न सकेनन् । म छिमेकीहरुका ढोका ढक्ढकाउन गएँ । केही छिमेकीले त ढोका समेत खोलेनन् । तरकेही छिमेकीहरु बाहिर आए । विहान हुनु अगाडि नै छोरीको दाहसंस्कार गरियो । घाटमा चिसो चिसो हावा चलिरहेको थियो । वर्षात रोकिपनि आकाशमा कालो बादलमडारिरहेको थियो । प्रकृति पनि मसँगै दुखी र त्रसित भइरहेको जस्तो लाग्यो । छोरीको शरिर चिता जलिरहेको थियो । तर मलाई भने आफ्नै शरिरमा आगोलगाएजस्तो भइरहेको थियो ।
रुदा रुदा म म रुनै नसक्ने कमजोर भईसकेको थिए । मलाई एउटै कुराको पछुतो भइरह्यो – मैले छोरीलाई बचाउन सकिन । मलामीहरु सबै घर फर्किदै थिए । म पनि उनीहरुसँगै फर्कदै थिएँ । मलाई बेलाबेलामा घाट तिरै फर्केर जाउँ जस्तो पनि लाग्थ्यो । तर पनि गह्रौं मन लिएर घर फर्कें । मलाई यो सबै कुनै भयानक सपनाजस्तो लागिरहेको थियो । भयानक सपना पछि आफ्नै ओछ्यानमा ब्युझे पनि हुन्थ्यो जस्तो लाग्यो । आफैलाई पटकपटक चिमोटें । तर यो सपना थिएन । भयानकसपना भन्दा पनि भयानक विपना थियो । बेला बेलामा घाट तिर हेर्दा ‘कतै छोरी बाबा भन्दै दौडेर आइहाल्छिन् कि’ जस्तो पनि लाग्यो । तर उनी कहिल्यै फर्केरआइनन् । बरु एकजना आतंककारी भिडन्तमा मारिएको भन्ने समाचार सरकारी संचारमाध्यमहरुमा आयो ।
त्यसपछिका रात म सुत्नै सकिन । त्यहि घटनाले पिरोलिरह्यो । अलिकति निदाउन खोज्दा छोरीले चिच्चाउदै ‘बाबा मलाई बचाउनुस्’ भनेको कानमागुन्जन्थ्यो । अनि म झस्कदै ब्युझन्थें । एउटा निर्दोषलाई यसरी हत्या गर्ने शाषनप्रति मलाई तीब्र घृणा उत्पन्न भयो । कमरेडहरुलाई खबर गरें । उनीहरु राती घरमाआएँ । विहान नहुँदै म उनीहरुसँगै घर छाडेर हिडें । दिउसोसम्म म माओवादीमा लागेको खबर जताततै फैलियो ।
त्यसपछिका दिनहरु अत्यन्तै संघर्षपूर्ण युद्धमा बिते । सरकारी सेनाका कैयन ब्यारेक आक्रमणमा म सहभागी भएँ । पछि आन्दोलनमा रहेका राजनीतिकदलहरु र माओवादीबीच सम्झौता भयो । जनआन्दोलन उत्कर्षमा पुग्यो । आन्दोलनसामु राजा झुक्न बाध्य भए । माओवादी नेताहरु पनि खुल्ला भए । हामीलाईअस्थायी ब्यारेकमा लगेर थन्काइयो । अब त मेरी छोरीका हत्यारामाथि कारवाही होला कि भन्ने लागेको थियो । तर भएन । सबै सत्ताकै लागि मरिमेट्नै रैछन् ।युद्धमा एउटा हात गुमिसकेकाले म समायोजनामा पनि परिन । के सोचेको थिएँ हजुर अहिले के भयो ?
मिष्टर डनले सोंचमग्न भएर उनको कुरा सुनिरहेका थिए । अन्तमा डनले भने –‘तिम्रो युद्ध अझै सकिएको छैन । किनभने अन्यायमा परेकाहरुले अझै न्यायपाएका छैनन् । त्यसैले तिमी अझै लड । तिमी माथि जस–जसले अन्याय गरेको थियो, उनीहरु विरुद्ध लड । र जसजसले यस देशका जनतामाथि अन्याय गरेका छन्उनीहरु विरुद्ध लड । हिम्मत छ ?’
उनले जवाफ दिए –‘ हिम्मत त छ हजुर । तर मेरो एउटा हात नै छैन । मैले धेरै लडाईहरु जितेपनि म आज पराजित खेलाडी भाको छु । यो देशको कानुन रप्रशासनले मलाई केहि सहयोग गर्दैन । बरु कतै विदेशतिर जान पाए हुन्थ्यो जस्तो पनि लाग्छ । हजुर मेरो यति समस्या बुझेर यति सहयोग गरिदिनुभयो भने मेरीछोरीको आत्माले पनि तपाईलाई आशिर्वाद दिनेछ । दया गर्नुहोस् हजुर ।’
‘अझै हिम्मत नहार । तिम्रो लडाई अझै बाँकी छ ।’ डनले उनको हातमा हतियार थमाइदिए । उनले त्यो हतियार लिए । डनलाई धन्यवाद दिए । अनि दृढ हुँदैभने –‘हो, लडाई अझै सकिएको छैन । म सास बाँकी छउन्जेल अन्याय र अत्याचारका विरुद्ध लडिरहन्छु । जसजसले ममाथि अन्याय गरेको थियो उनीहरुविरुद्ध लड्छु। जसजसले यो देशका जनतामाथि अन्याय गरेका छन्, उनीहरुविरुद्ध लड्छु । अनिमात्र तपाईको ढोकामा फर्कन्छु ।’ यति भन्दै उनी डनको ढोकाबाट बाहिरिए ।
थाहा छैन, अब उनको हतियार को विरुद्ध उठ्नेछ । उनले फेरी अर्को विद्रोहको सुरुवात गर्लान् वा उनले त्यो हतियार कुनै अपराधमा लगाउलान् ? वा आफ्नोछोरीको हत्या गर्नेहरुसँग बदला लिनका लागि त्यो हतियार प्रयोग गर्लान् ? वा त्यो हतियार उनले आफ्नो जीविकोपार्जन गर्ने साधन बनाउलान् ? वा उनकै पहिलेकानेताविरुद्ध पो हतियार उठ्ने हो कि ? उनी आफ्नो ढोकाबाट बाहिरिदा मिष्टर डनले पनि यी प्रश्नहरुको जवाफ पाइसकेका थिएनन् ।