'.....जिन्दावाद'
'जिन्दावाद जिन्दावाद'
'हाम्रा नेता अमर रहुन'
'अमर रहुन अमर रहुन'
एउटा भिड चर्को नारासँगै महाराजगञ्ज चाबहिलको सडकमा गतिशिल छ ! केहि पर पुगेपछि भिड एउटा सभामा परिवर्तित हुन्छ र छोटो कदका एक क्रान्तिकारि नेता भाषण शुरु गर्छन 'प्यारा जनसमुदायहरु यो कठिन घडिमा देश अत्यन्त संकटमा उभियको छ र तपाँइहरुलाइ थाहै छ देशको चिन्ताले म दिनप्रतिदिन दुब्लाँउदै गैरहेको छु,यस संकटबाट मुक्त पार्न सक्ने एउटै पार्टि हाम्रो पार्टि हो.......'
तालिहरु परर छुट्छन !
म त्यहाँ किन छु ? म ति नारा र भाषणको श्रोता बन्न आयको थिइन तर भिडले मलाइ आफुभित्र पारिहाल्यो सडकछेउमा उभीइरहेको बेलामा ! म केहि परै उभियर मन नलागि नलागि माइकमा बजेका आश्वाशनहरु सुनिरहेछु !सडक,बिजुलि,पानि ,उचित शिक्षा,
अस्पताल अनि यस्तै यस्तै यस्तै..! बेरोजगार जनताहरु युगौँदेखि यि आश्वाशनहरु सुनिरहेका छन अनि केहि मानिसहरु उनिहरुलाइ सपना बाँडिरहेका छन ! नेपालिहरु भेँडा हुन ! म मनमनै सोँच्छु र काठमाडौको फोहोर हावामा सास फेर्छु ! कच्चि सडकबाट निस्केर बत्तिँदै आयको पुरानो ट्याक्सिले फालेको कालो धुँवाले आँखाअगाडि एउटा युद्दग्रस्त क्षेत्रको आभाष दिन्छ !
मेरै आमाको उमेरभन्दा केहि बढि उमेरकि एउटि बुढि आमै नाङ्लोमा केहि चकलेट,छुर्पि अनि सुर्ति र चुरोटका थानहरु लियर यताउति गरिरहेकि देखिन्छिन ! उनको सेतो हुन थालेको कपाल मोटरहरुको धुँवा र सडकको धुलोले अर्कै रङमा बदलीइसकेको छ ! उनका लुगाहरु जिर्ण र शरिर थकित देखिन्छ ! उनले कति आश्वासन र सपनाहरु पायकि होलिन ! सायद उनले देखेका सपनाहरुमा आज यो उमेरमा सडकमा नाङ्लो पसल लियर हिँड्नुपर्ला भन्ने पक्कै थियन होला ! म मनमनै अनुमान गर्छु ! उनको त्यो निरिहतालाइ म कसरि सहायता गर्न सक्छु होला ! म केहि कन्फ्युज छु किन कि उनको नाङ्लोमा मलाइ चाहिने केहि छैन !
सोँच्दा सोँच्दै ' बाबु केहि चाहिन्छ कि ? ' उनै बुढि आमैको आवाज गुञ्जियो ! मलाइ एकप्रकारले उनिप्रति दुख लाग्यो तर अर्कोकिसिमले म जस्ता लाखौँ युवाहरुलाइ उनले यो बुढ्यौलिमा पनि चुनौति दियकि छिन ! कमसेकम उनले कसैलाइ लुटेकि
त छैनन न त कससँग चन्दा नै मागेकि होलिन !
अनि म जस्ताहरु आफ्ना BF/GF अथवा wife/husband सँग मोबाइल बार्ता,प्रेमलिला,झगडालिला या कफि-मिलनमा मग्न भयको बेला उनि यस्तै सड्क पेटिहरुमा बदाम बेचिरहेकि हुन्छिन !
'एउटा चुरोट' मैले दशको प्लाष्टिक नोट दियँ ! उनले केहि नभनि एउटा चुरोट र चारवटा क्याण्डि दिैइन म निरुत्तर चुरोट सल्कायर भत्केपुलमुनि बगिरहेको धमिलो पानितिर हेरिरहेँ !
______________________________________
सडक आन्दोलनमय छ ! नेपालमा आन्दोलन,हडताल नभयको दिन गाइ भैसि लगायतका जन्तुहरुपनि अचम्म मानेर कराउन थाल्छन ! मान्छेको के कुरा भयो र ! स्कुले नानिहरुलाइ स्कुल नजानुमा नै आनन्द लाग्न थालेको छ ! मान्छेहरु दिनभर म्यारिज खेलेर पौरख गर्दैछन ! सरकारि कर्मचारिहरु सुर्यका किरणहरु चौरमा बसि तापेर देश र नरेशको सेवामा ब्यस्त छन भने आदरिणिय नेताहरु आफ्ना सचिवहरुसँग भोलिको भाषणका बारेमा निकै गहन छलफलमा ब्यस्त छन !
भारतलाइ नेपालको चिन्ता नेपालिलाइ भन्दा बढि छ त्यसैले उ आफ्ना छिमेकि देशका नेताहरुलाइ प्रशिक्षण दिन आफ्ना बिहारि भैयाहरुलाइ पठाँउछ ! उनिहरु आँउछन, जान्छन तर गयपछि मित्रताको आडमा आयात गरियको सामाजिक बिषले हामिलाइ थिलोथिलो पारेर फर्कन्छन ! लैनचौरमा भोज चल्छ ! मावोवादिहरु मान्छे कुट्ने ब्यवसायलाइ राष्ट्रिय पेशा घोषित गरिनुपर्ने मागसहित हडतालमा उत्रियका छन ! उनिहरुबाट कुटिनेहरुको फेरि अर्कै पिडा छ ! कांग्रेसजनहरु भ्रष्ट्र नेताहरुलाइ अपहेलना गर्ने नागरिकहरुलाइ जतिसुकै बेला जुनसुकै बहानामा थुन्न पाउनुपर्ने कानुन ल्याउनुपर्ने मागमा अडिग छन ! युवाहरु अन्योलग्रस्त मुद्रामा खाडि र मलेशियामा भेँडाको भाउभन्दा थोरै बढि भाउमा निर्यात भैरहेका छन !यसमा मान्छेको भन्दा भेँडाको दोष बढि छ किनकि मान्छे दुइ खुट्ताले उभिन सक्छ तर भेँडा सक्दैन ! त्यसैले केहि बढि भाउ दिइयको होला भनि नेपालका बुद्दिजिविगणहरु स्व-बिश्लेषणमा ब्यस्त भेटिन्छन !
देशमा प्रतिब्यक्ति आम्दानि बढ्दो छ ! गाँउहरुमा Automatic washing machine हरु चलेका देखिन्छन तर देश झन जर्जर हुँदैछ ! मान्छेहरु धनि बन्दै छन तर देश गरिविको ओरालोमा निरन्तन लाग्दो छ ! सबैलाइ राम्रो देश जानु छ ! हतार हतारमा कतार गयर पछुताउनेको समस्या आफ्नै ठाउँमा छ !यि कुराहरु सायद हामिले भोगिरहनुपर्नेछ,जबसम्म हामि भेँडाको स्थानबाट माथि उठेर मान्छे बन्न सक्दैनौँ तबसम्म् दुइचार उच्च भेँडाहरुबाट हामि निर्दिष्ट भैरहनुपर्नेछ !
____________________________________________
तर कथा यि सबै यावतकुराहरुको होइन ! यि सबै चलिरहेका हुन्छन ! बास्तवमा म चावहिलको त्यो पुलनिर निकै निराशित कारणले पुगेको थियँ, केहि आत्मिक internal peace को निम्ति ! केहि दिनपुर्व हामि officially छुट्टियका थियौँ ! सधै टाढा हुने एउटा Promise गरेर ! सायद यि सबै कुराहरुले मेरो जिवनमा केहि meaning पछिका दिनमा राख्ला या नराख्ला त्यसलाइ त्यहिँ छोडौ तर हामि बर्षौँको सम्बन्धपछि अकस्मात छुट्टियका थियौँ ! प्रश्न उठन सक्छ के कारण भन्ने तर अचम्म मलाइपनि त्यहिँनिर लागेको थियो ! हामि छुट्टियौँ के कारणले होला ? त्यहि प्रश्नको उत्तर खोज्दै म केहि दिनयता निरन्तर एक्लो हिँडिरहेको छु एउटा मौनतासँगै !
प्रेम अनि बिवाह अनि blah blah blah कुराहरुले त्यतिसारो मान्यता राख्दैनथे जिवनमा समयको एउटा सिमानासम्म तर ति सोँचका पर्खालहरु त्यहि दिन भत्कियका थिय जुनदिन हामि प्रेममा थियौँ ! यो क्रम चलिरह्यो अनि चलिरह्यो ! एउटा बेजोड प्रेमको आफैमा उदाहरण बनेर ! मैले सोच्न भ्याइसकेको थिइन कि कुनै दिन हामि अफिसियल्लि टाढा हुनेछौ किनकि बर्षौ बितेको मलाइ थाहा भयन ! ति दिनहरु यस्ता थिय जस्को संझनाले मात्रै पनि बाँकि जिवन बिताउन सकिन्थ्यो !
July 31 मा Birthday wish गर्न मलाइ उनको प्रेमि बनिरहनै पर्छ भन्ने छैन ! म टाढैबाट एउटा wish call अनि केहि सुभकामना त दिन सकिहाल्छु !
सम्बन्धहरु धेरैप्रकारका हुनसक्छन ! प्रेमि-प्रेमिका नै हुनुपर्छ भन्ने त छैन तर म उनलाइ साथि मान्न कुनै मुल्यमा तयार छैन बरु त्यो relation लाइ whatever को नाम दिनसकिन्छ !
एउटा प्रेम ! आफैलाइ बिर्सियर गरियको ! जहाँ आफ्नोबारेमा कहिल्यै सोँचियन !आदर्श प्रेम थियो त्यो ! नत्र आज मलाइ उनलाइ गुमाउनुपर्दाको पश्चाताप हुनुपर्ने हो ! एउटा एक्लोपन छायको छ जिवनमा तर उनका बाँकि दिनहरुको happiness मा आफ्ना खुसि खोज्ने प्रयासमा एउटा साधारण मान्छे बन्ने प्रयास !' i love u'i miss u' i cant live without u ' blah blah blah....यि सबै भनिरहनुपर्ने आवश्यकता छैन ! आँशु झारिरहनुपर्ने मुर्खता पनि अर्थहिन छ !
मान्छेहरुलाइ लाग्छ हरेकपल्ट उनिहरु साँचोप्रेम गरिरहेका छन ! तर यि निरर्थक सोँचहरुको अस्तित्व मिहिन छ ! त्यो एउटा दुर्लभता हो जहाँ conditionless प्रेम गरियको होस ! Result लाइ लत्यायर एउटा पुर्णबिराम नलाग्ने प्रेम !
ति दुर्लभहरुको सानो समुहमा मैले आफुलाइ भेटाउदा केहि राहत महशुस गर्छु !'Thank god love was true'
आमासँगको प्रेमपछि सायद सबैको जिवनमा soul छुनसक्ने प्रेम केवल प्रेमि या प्रेमिकासँगको होला ! infatuation र क्षणिक आकर्षणहरुलाइ भनिने प्रेमलाइ छोडेर !
त्यो बिहानि निकै उज्यालो थियो जहिले हामि Berkley मा केहिछिन भेटेका थियौँ ! एउटा sunny morning र चिसो कफिबिचका केहि शब्दहरु लामो समयपछिको भेटमा प्रयाप्त थिय ! म फर्कियँ ! उनले दियको एउटा T-Shirt थियो सिर्सिरे जाडोमा !
त्यसपछि Graduation पछिको अर्को भेट !
म जस्तो साधारण मान्छेलाइ धेरै कुराहरु थाहा छैन तर म उनलाइ सधै खुसि देख्न चाहन्थेँ,चुपचाप उनका कुराहरु सुनिरहन चाहन्थेँ ! छुट्टिने बेला आयो ! निर्दोष बच्चाजस्तो रुन त भयन तर त्यो feeling ले मनमा चसक्क पार्यो !
आशोले आफ्नो पुस्तकमा लेखेका छन 'प्रेम कारणरहित हुन्छ र कारणसहित गरियको प्रेम हुँदैन ' ! मसँग या म जस्ता युवा-युवतिहरु जो प्रेममा कुनै बेला डुबेका थिय या डुबेका छन अथवा हुनेछन उनिहरुसँग यो प्रश्न को Solid answer हुँदैन ' why do you love him/her ?' हुनसक्छ प्रेमको भ्रममा रहेका कसैले भन्लान उनको butt या boobs या उसको figure ले गर्दा ! तर म जस्ता मुर्खहरुसँग उत्तर हुँदैन ! किनकि मुर्खहरुले प्रेममा अरु सबै बिर्सेका हुन्छन !
_____________________________________
November महिना को एउटा साँझ ! झमझम पानि परिरहेछ ! लगायको जिन्स र सेतो शर्ट पानिले निथ्रुक्क भिजेर वालेटसम्म पानि पुगिसकेको छ ! घरिघरि छेउबाट गुड्ने मोटरसाइकलहरुले छ्यापेको हिले पानि सेतो शर्टमा ठोक्किन्छ ! पानि बर्षिरहेको छ, पानिले पखालिन्छ ! म आज अन्तिमपल्ट एक्लै यो एकान्तमा पानिमा रुझिरहेको छु मौनताबिच without feelling.ठमेल र नारायणहिटिबिचको यो केहि सफा बाटोमा म पर परसम्म कोहि देख्दिन ! सबै आ-आफ्ना गुँडमा झुलिरहेका होलान ! म नारायणहिटितिर फर्केर सोँच्छु, राजालाइ पनि पानिमा रुझ्न मन लाग्दो होला कि ! सबै भिजेर केहि नभयपनि मैले मोवाइल रुझाउन चाहिन ! छुट्टियको महिनौँ भैसकेपनि अझै म मोवाइलको प्रत्येक रिङहरुमा उनलाइ खोजिरहेको हुन्छु ! कलहरु जसका पनि हुनसक्छन साथिहरु,ठिटिहरु या अल्कोहलमण्डलिका सदस्यहरु तर उनको हुँदैन ! कम्प्युटर राखेको ब्यागको कुनै गोजिमा अझै पनि उनको लागि लियको लियको Berkley को Sim card हुनुपर्छ ! अचेल त्यो पनि कतै थन्कियको छ ! धेरैजसो म मोवाइल बोक्नपनि बिर्सिरहेको हुनेरहेछु ! पछि कसैलाइ कल गर्न खोज्दा गोजितिर हात लैजाँदा मोवाइल छैन, कोठाको कुनै कुनामा आशा नगरियका मिसकल र Voice mail हरु बोकेर उ बसिरहेको हुन्छ ! म प्रत्येकलाइ delete गर्दै उनको नंबर खोजिरहेको हुन्छु तर त्यहाँ त्यो हुँदैन !
प्रत्येकपल्ट नंबरहरु डायल गर्न हात र मुटु उत्सुक भैरहेका हुन्छन तर अब Call नगर्ने आफ्नो Promise म संझिन्छु ! आफैलाइ रोक्न मान्छेलाइ कठिन हुन्छ ! आफैलाइ आफ्नो प्रश्न - के म त्यति कमजोर छु र ? निरुत्तर ! या म यसको उत्तर दिन चाहन्न ! किनकि मान्छेहरु हाँस्नेछन मेरो कमजोरि मेरो प्रेमिका अथवा भनौँ पुर्वप्रेमिका जसलाइ म अझै प्रेम गरिरहेछु भन्ने थाहा पायपछि एउटा सम्बन्धबिच्छेदपस्चातपनि !
यो अ-सामयिक सम्बन्धबिच्छेदको कारण एकदम Invalid छ ! जसमा आफ्ना अभिभावक अनि blah blah blah लाइ कारण बनाइयको छ ! जुन कारण सुनेर एक्काइसौँ शताब्दिको गधापनि हाँस्ने सामर्थ्य राख्छ ! म यहाँनिर सिनेमाको नायक या खलनायकसरह कसैसँग जुधेर प्रेम प्राप्त गर्ने पक्षमा बिल्कुल थिइन किनकि प्रेम त कारणबिहिन हुन्छ ! जानेलाइ जान दिनु र जिवनलाइ यथाश्थितिमा चलाउन सक्नु नै मेरो लागि ठुलो कुरा हो ! यदि सम्बन्ध साँचो र प्रेम निस्वार्थ थियो भने कुनै पल आउनेछ जहाँ केहि regretness feel होस !
एउटा झिसमिसे साँझ नभैसकेको समय थियो ! कसैले door bell बजायो ! कुनै कुरियर कम्पनिबाट एउटा पार्सल आयको रहेछ ! म एउटा सानो सहि गरेर प्याकेट राखेँ टेलिभिजनमाथि ! अनि केहि दिनपछिको छुट्टिमा खोलेर हेरेँ ! मेरो नाम लेखियको एउटा टि-शर्ट अनि केहि CD/DVD हरु थिय ! फोन गरेर धन्यवाद दियँ तर यि कुराहरुको औचित्य खासै नभयको बतायँ !तरपनि मान्छेलाइ कसैको प्रेम प्राप्त हुँदा पाइने एउटा सुखद भाव त्यहाँ थियो !
CD/DVD त कहाँ पुगे अथवा कोठाकै कुनै कुनामा होलान तर अझैपनि कहिलेकाँहि साँझमा बास्केटबल खेल्न निँस्कदा म त्यो टि-शर्ट लगाउछु ! उनको हातबाट आयको एउटा के भन्ने मसँग शब्द छैन !अमुल्य चिनो या यस्तै यस्तै !
___________________________________
म भोलि साँझको जहाजबाट लामो यात्रामा निस्कँदै छु ! अहिले मध्यरात भैसकेको छ यहाँ अनि ठमेलमा रक्सिले मातेका केहि पर्यटक अनि ट्यक्सिड्राइभरबाहेक अर्को पात्र मैमात्र होला !पानि परिरहेकै छ,पानिको गति केहि घटेको महशुस त म गर्छु तर कपालबाट पानि बगिरहेको छ ! यि स्मृतिहरुलाइ यहिँ बिसायर म एउटा नयाँ जिवन शुरु गर्न चाहन्छु ! यि संझनाहरुबाट म आजित भैसकेँ तर पराजित हुनचाहन्न ! कुनै दिन हुने अर्को भेटमा म खुसि र सुखि नै छु भनेर मलाइ प्रमाणित गर्नु छ ! कम्तिमा म मन्द हाँस्न त सक्छु होला ! बाटोमा पर्ने आन्ध्र महासागरमा त्यो sim card फालेर म यि पुराना स्मृतिहरुलाइ बिर्सिन चाहन्छु ! एउटा नयाँ जिवनको नयाँपनमा रम्न चाहन्छु ! अनि अब म कहिल्यै प्रेममा पर्न चाहन्न !
यो जिवन जिउन ति संझनाहरु नै प्रयाप्त छन !
एउटा सुखद र मौन जिवन !!
सबै feelings हरुभन्दा धेरै टाढा !
***The End***
* weekend को एउटा रात केहि बेर नसुति सृजना गरियको काल्पनिक कथा, धन्यवाद ति दुइ क्यान बियरहरुलाइ जसले कथाको समाप्तिसम्म साथ दिय*
Copyright@satelite2008